Loading...
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा आठ सय बढीको कैद मिनाहा गरिदिएकी छन् ।
असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका आठ सय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय मिनाहा गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद मिनाहा गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले कैद मिनहा गरेको उल्लेख गरेका छन् । रासस -
Loading...

Social Buttons