Latest News

बागबजारमा ‘प्रम ओली’ले यसरी उद्घाटन गरे ‘ओली एक्सप्रेस’ (फोटोफिचर)

काठमाडौं– शुक्रवार मध्यान्ह प्रधानमन्त्री केपी ओली जस्तै देखिने एकजना बागबजारको भक्तपुर बसपार्क नजिकै पुगे । त्यहाँ पहिले नेविसंघका नेता कार्यकर्ता गित, कविता र मुक्तक भनेर महंगी र कालोबजारीको विरोध गर्दै थिए ।
kp oli express (16)-001
नक्कली सुरक्षाकर्मीको साथमा पुगेका नक्कली प्रधानमन्त्रीले नक्कली पानीजहाजको उदघाटन गरे । ‘ओलि एक्सप्रेस’ लेखिएको पानीजहाज प्रधानमन्त्री जस्तै देखिने नेताले उद्घाटन गरेको दृश्य बागबजार आसापास रहेका हरु निकै चासोपुर्वक हेरिरहेका थिए ।
kp oli express (10)-001
यसरी प्रधानमन्त्रीको भेषमा ‘ओली एक्सप्रेस’ उद्घाटन गर्ने सक्कली प्रधानमन्त्री नभएर कलाकार ज्योति काफ्ले हुन् । उनलाई नेपाल विद्यार्थिसंघले कार्यक्रमको अतिथि बनाएर बागबजार लगेको थियो ।
नेविसंघले आयोजना गरेको यस्तो ब्यंग्यात्मक प्रहसनका क्रममा प्रधानमन्त्रीले हावादारी योजना पस्कन थालेको भन्दै पानीजहाज उद्घाटन गरेको बताइएको छ ।
ब्यग्य प्रहसनका क्रममा गायिका राधिका हमालले गित प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा सभाषद् रन्जित कर्ण लगायतका कांग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
kp oli express (14)-001kp oli express (15)-001kp oli express (18)-001kp oli express (1)-001kp oli express (3)-001kp oli express (4)-001kp oli express (5)-001kp oli express (7)-001

Loading...