Loading...
मधेस समस्या समाधानमा सरकार अझै गम्भिर नभए दोस्रोपटक नाकाबन्दी गनुपर्ने प्रधानमन्त्री मोदीसंग यादवको प्रस्ताव !
१० जेठ, काठमाडाैं । पछिल्लो समय विभिन्न अभिव्यक्ति दिई विवादमा आएका पूर्वराष्ट्रपति रामवरण यादव रातारात भारत पुगेको खबर प्राप्त भएको छ ।
पछिल्लो केही समयदेखि वर्तमान केपी शर्मा ओली गठबन्धनको विरुद्धमा उभिँदै आएका पूर्वराष्ट्रपति यादव पछिल्लो बुधबार रातारात दिल्ली पुगी मोदीलाई भेटेर फर्किएको खुलासा भएको हो ।
पछिल्ला समय सार्वजनिक कार्यक्रममा समेत नदेखिएका यादव भारत पुगेर मोदीसँग भेट्दै गोप्य वार्ता गरेको खुलासा भएको हो । उनले एमाले र माओवादीले कांग्रेसलाई सत्ता बाहिर राखी मधेसका समुदायलाई समेत पेलेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।
उनी कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा त्यहाँ पुगेको स्रोतको दावी छ । उनी दिल्ली पुगेर फर्किए पनि सबै बेखबर छन् । उनले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएको बुझिएको छ ।
पूर्वराष्ट्रपति यसरी रातारात अरुको देशमा गएर भ्रमणको निम्तो दिनुलाई भने राजनैतिक नेतृत्वले अस्वभाविक प्रक्रियाको रुपमा लिइएको छ । यादवले मोदी लुम्बिनी भ्रमणका लागि आउन इच्छा जाहेर गरेपछि निम्तो दिइएको बुझिएको छ ।
मधेस समस्या समाधानमा सरकार अझै गम्भिर नभए दोस्रोपटक नाकाबन्दी गनुपर्ने प्रस्ताव समेत उनले गरेका छन् । तर त्यसबारेमा मोदीले मुख खोलेका छैनन् ।
एक रातको बसाईमै स्वदेश फर्किएका यादवको यो चाल देखिएपछि सबै दंग छन् । उनले भारतको ईशारामा देश नचलेकोप्रति दुखेसो पोख्दै सरकार ढाल्ने खेलमा लाग्नुर्ने समेत प्रस्ताव गरेको स्रोतको दावी छ । मोदीसँगै उनले भारतीय विदेश सचिव सुष्मा स्वराजलाई समेत भेटेका थिए ।
nepalchautari
nepalchautari
-
Loading...
Social Buttons