Loading...
१० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भटटराई र नेपाली कांग्रेसका युवा नेता गगन थापाबीच समय–समयमा भेट भइरहने खबर बाहिर आइरहन्छ ।
बाबुरामले प्रचण्ड नेतृत्वको माओवादी छाड्दादेखि नै विभिन्न राजनैतिक दलका युवा तथा बौद्धिक वर्गका नेता नयाँ शक्तिमा ल्याउने घोषणा गर्नुले पनि बाबुराम र गगनबीचको सम्बन्धलाई पत्रकार र जनताले विशेष रुपमा हेरियो ।
बाबुरामले जेठ ३० गते आफ्नो पार्टीको औपचारिक घोषणा गर्ने भएका छन् । उनले रंगशालामा १ लाख कार्यकर्ता उतारी पार्टीको घोषणा गर्ने तयारी गरेको छ । सोही दिन गगन पनि बाबुरामको नयाँ शक्ति पार्टी घोषणा सभामा जाने भएका छन् । स्रोतका अनुसार कार्यक्रममा उपस्थित हुन भन्दै गगनलाई बाबुरामले औपचारिक पत्र नै काटेको छ ।
त्यसभन्दा अघि नयाँ शक्तिमा समावेश हुने भए पदीय विषयमा छलफल गर्नुपर्ने समेत बाबुरामको प्रस्ताव छ । तर त्यसमा गगनले कुनै प्रतिक्रिया दिएको छैन ।
पार्टी घोषणा सभामा उपस्थित हुन आग्रह गरेसँग गगनले त्यसमा सहभागिता जनाउने भएका छन् । नयाँ शक्ति नेपालको पार्टी घोषणाका लागि गगन पनि जेठ ३० गते रंगशाला जाने नयाँ शक्तिका एक नेताले बताए ।
उनका अनुसार त्यसभन्दा अघि गगनलाई नयाँ शक्तिमा ल्याउने विषयमा छलफल गरिने जनाएको छ ।
-
Loading...
Social Buttons