Latest News

नेपालमा नाकाबन्दी गर्नु गल्ती भएको भन्दै आत्माआलोचीन हुँदै भारत

काठमाडौं, १८ जेठ । भारतले प्रदेशको सीमांकन पुनरावलोकन मुद्दा समाधान नभएसम्म नेपालसँगको सम्बन्ध पुरानो अवस्थामा नफर्किने सन्देश दिएको छ ।

अहिलेको अवस्थामा उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदानले मात्रै सम्बन्ध सुधार नहुनेमा भारत स्पष्ट देखिएको छ ।


तराईमा एक प्रदेश थपिने गरी संविधान संशोधन हुनुपर्ने भारतको अडान यथावत् छ । त्यसो नभए नेपाल दीर्घकालीन अस्थिरतातिर जाने र आफ्नो सुरक्षामा पनि दीर्घकालीन असर पर्ने भारतको निष्कर्ष छ ।

प्रदेश सीमांकन हेरफेर गरी तराईमा दुई प्रदेश बनाउन प्रमुख दल सहमत भएपछि भारतले नयाँ संविधानप्रति समर्थन जनाउने सन्देशसमेत दिएको छ ।

नेपाली पत्रकारसँग दिल्लीमा यसै साता भएका अनौपचारिक अन्तक्र्रियामा भारतीय नेता, विदेश मन्त्रालयका उच्च अधिकारी र विज्ञले संविधानपछिको प्रतिक्रिया र नाकाबन्दीमा कमजोरी भएको स्विकारेका छन् ।

‘अहिलेको समय नेपाल–भारत सम्बन्धका लागि संवेदनशील र जटिल छ । तर, यो अस्थायी चरण हो । दुवैतिरका स्टेकहोल्डरबीच सामान्य मतभेद छन्,’ भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘नेपालको संविधानमा हामीले प्रगति नै देखेका छौँ । बहुदलीय लोकतन्त्र आएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र आएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Loading...