Loading...
जेठ १८ । दुई साताअघिदेखि झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् । उनीहरु गएको शुक्रबार नै त्यता पुगेका हुन् । पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएका बुझिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ । राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Loading...

Social Buttons