Latest News

महानायक राजेश हमालको बैवाहिक जीवन संकटमा – मधु संग फोनमा समेत कुरा हुन छाड्यो !

विवाहपछि आफ्नो हरेक कार्यक्रममा पत्नीलाई साथै लिए जाने महानायक हमाल यतिवेला पत्नीलाई काठमाडौमै छाडेर आफू लामो अमेरिका बसाईमा रहेका छन ।

उनीहरुवीच खट्पट चर्को हुन थालेपछि मधुलाई छाडेर हमाल अमेरिका उडेको बताईएको छ । उनी अहिलेसम्म स्वदेश फर्किएका छैनन । उनीहरुवीच टेलिफोन संबादसमेत केही समयदेखि हुन नसकेको बताईएको छ ।
उनीहरुवीच के विषयलाई लिएर खट्पट सुरु भएको हो भन्ने खवर बाहिर नआईसकेपनि हास्य कलाकार दिपा श्री निरौलाको एक कमेन्टले हमाल दम्पत्तिवीचको सम्बन्ध कठिन मोडमा पुगेको अनुमान लगाउन सकिन्छ ।
निरौलाले एक कार्यक्रममा पत्रकारहरुको विवाह कहिले गर्ने भन्ने प्रश्नमा ‘तपाईहरुले राजेश हमालको बैवाहिक जीवन हेर्नु भएको छैन । त्यस्तो भएर म विवाह गर्न सक्दिन’ भनेर दिएको प्रतिक्रियाले भित्र भित्रै राजेश हमालको बैवाहिक जीवन कठिन मोडबाट गुज्रिरहेको प्रष्ट हुन्छ । नयाखाबरमा समाचार छ |

Loading...