Loading...
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्ष भित्रमा नेपाल आफैंले पेट्रोलियम पदार्थ उत्पादन गर्ने बताएका छन् । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको आठौं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यसको सुरुवात भइसकेको बताएका छन् ।
बिहीबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा उनले भने, ‘हामी २ वर्ष भित्र पेट्रोलियम पदार्थ निकाल्छौं । यसको सुरुवात दैलेख र मोरङको बयरवनबाट सुरु भइसकेको छ ।’
उनले पानी जहाजको प्रसंग निकाल्दै यो कुरा सम्भव भएको दाबी गरे । उनले भने, ‘पानी जहाज सम्बन्धि कानुन २०२७ सालमै बनिसकेको थियो । त्यो बेला नेपालले जहाज किन्न एड्भान्स पनि दिएको थियो । नेपाल भूपरिवेष्ठित देश भएकोले सामुद्रिक अधिकारको उपयोग गर्नलाई यसो भनेको हुँ ।’
उनले आफ्नो भनाइलाई सामाजिक सञ्जाल र विभिन्न ठाउँमा टिकाटीप्पणी भएको तर्फ इंगित गर्दै भने, ‘केही ‘बुद्धिजिवी’ले मेरो यो कुरालाई हल्का चटपटेको रुपमा लिनु भएको छ । तर नेपालले पानी जहाज चलाउँछ, चलाउँछ ।’
चौतारीको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा सहभागी हुन मुलुकभरबाट ७ सय १५ जना प्रतिनिधि काठमाठौं आइसकेका छन् । तीन दिने अधिवेशनले बिधान संशोधन समेत गर्नेछ । इकान्तिपुरमा समाचार छ |
-
Loading...
Social Buttons