Latest News

उपप्रधानमन्त्री थापा यसरी बेच्दैछन राष्ट्रपति कार्यालयको गोप्य सुचना


काठमाडौं, ६ जेठ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा र उनको पार्टी राप्रपा नेपालले आफ्नो सिद्धान्तलाई भुली बामपन्थीहरूको पछि लागेर सत्तामा हालिमुहाली गर्न पुगेपछि मन नपाराएकाहरूले थापालाई ठेगान लगाउने जुक्ति खोजेका छन् ।


थापाको व्यक्तिगत स्वभाव र चरित्रले गर्दा राप्रपा नेपाल भताभुङ्ग भएको भन्दै चिन्ता गर्ने केही नेता तथा कार्यकर्ताले गोप्य रुपमा अभियान नै चलाउन थालेका छन् । आफ्ना सहोदर दाजुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षा सल्लाहकार नियुक्त गर्न भ्याएका थापाले आजकाल शीतल निवासको गोप्य सूचनाहरू बाहिर लगेर बिक्री गर्ने गरेको आरोप एमालेका केही नेताहरूले लगाउन थालेका छन् ।

पार्टीको सिद्धान्तअनुसार हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका पक्षमा जोडदार रुपमा आवाज उठाउँदै आएका केशरबहादुर विष्ट र बिराजबहादुर विष्टलाई कारबाही गरेपछि थापाको चारैतिरबाट आलोचना भएको छ । विष्ट परिवारप्रति आक्रामक देखिएका थापाले ललितपुरको राप्रपा नेपालको कार्यसमिति नै बिघटन गरिदिएका छन् । विष्ट परिवारको घर ललितपुरमा पर्छ । ललितपुरको कार्यसमितिले राजसंस्थाको पक्षमा भेला गरेपछि रिसाएका थापाले कार्यसमिति नै बिघटन गरिदिएका हुन् ।

पार्टीको सिद्धान्त भुलेर आफ्ना अराजक क्रियाकलाप गर्दै आएका थापालाई साइजमा ल्याउन राप्रपाका केही नेताहरू पनि सक्रिय भएर लागेका छन् । राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको पार्टी एकीकरणको विषय थापाको रवैयाका कारण तुहिएको छ । थापाले धमाधम पार्टीका नेता तथा कार्यकर्तालाई निष्काशन गर्न थालेपछि डराएका राप्रपाका नेताहरूले यस्ता व्यक्तिसँग पार्टी एकीकरण गर्दा झन् बेफाइदा हुने भन्दै एकता प्रक्रियालाई थाँती राखेको युनाईटेड पोष्ट साप्ताहिकमा समाचार छ ।

-
Loading...