Latest News

मधेश भन्दो ठूलो नेपाल हो: मन्त्री गच्छेदार

जाजरकोट: संविधानको पुर्नलेखनको सपना नदेख्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छेदारले आन्दोलनरत दललाई चेतावनी दिएका छन् ।

हजारौं सहिदको रगत र वलिदानवाट बनेको नयाँ संविधानलाई पुर्नलेखन गर्ने कुरा सोच्नपनि नहुने मन्त्री गच्छेदारले बताए । मधेसी दलहरुले उठाएका कतिपय मागलाई संविधान संशोधनबाट सम्बोधन गरिसकिएको र अब पनि सम्बोधन मार्फतनै गर्न सकिने भएकोले उनीहरुलाई पुन वार्ता मार्फत निकास निकाल्न आग्रह गरे ।

सोमबार सुर्खेतको राकममा निर्माण भएको भेरी पुलको उद्घाटन गर्दै गच्छेदारले मधेशी दलले गरिरहेको आन्दोलनको कुनै आवाश्यता नभएको बताए । मन्त्री गच्छेदारले संविधान पुर्नलेखन गर्न नसकिमने बताँउदै आन्दोलनका सबै कार्यक्रम छोडेर वार्तामा आउन आग्रह गरे ।

राष्ट्रिय सहमतिका साथ अघि बढे हरेक समस्या समाधान हुने भन्दै आफना लागि मधेस भन्दा ठूलो देश भएकोले एउटा जाति, दल, समुदया र वर्गको समस्यालाइ उठान गरि देशलाइ वर्वादीको बाटोमा लान नहुने बताए ।

मधेश भन्दो ठूलो नेपाल हो नेपालै नरहे केका मधेस केका पहाड केको हिमाल? त्यसैले आफनो स्वार्थ पुर्ति होइन राष्ट्रिय सहमति, एकता र देश विकासमा लाग्नु अहिलेको आवाश्यता भएको बताए ।

विगतको इतिहाँसलाई कोट्याँउदै  मन्त्री गच्छेदारले चार दलकै सहमति र एकताका कारण संविधान जारी भएकोले अब पुन दलबीचको एकता र सहमति र सहकार्य विना संविधान कार्यान्वयनक हुन नसक्ने भन्दै पुन एक हुन आव्हान  गरेका छन ।
Loading...