Loading...
६ जेठ, कावासोती । नवलपरासीसँग सीमा जोडिएको भारतको ठुटीबारी बजारमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । ठुटीबजारमा नेपालीहरुसमेत किनमेल गर्न जाने गर्दछन्
भारतको महाराजगन्ज जिल्लाको ठुटीबारीको एक कवाडी संकलन केन्द्रमा विष्फोट हुँदा ५० वर्षीय विकास सहनी र उनका ५ वर्षीय छोरा अमनको मृत्यु भएको हो । उनकै परिवारका उर्मिला सहानी, निखिल सहानी, ममता सहानी गम्भीर घाइते भएका छन् ।
कवाडी संकलन केन्द्र विकास सहनीको हो । विकासले नेपालबाट पुराना बिगि्रएका फलाम, स्टिल तथा पित्तलका सामानहरु किनेर लाने र त्यसलाई प्रशोधन गर्ने कार्य गर्दै आएका थिए ।
एक भाँडोलाई थिचेर पगाल्ने क्रममा एक्कासी बम विस्फोट भएको थियो ।
विष्फोटमा घाइते भएकाहरुलाई उपचारका लागि महाराजगन्ज अस्पतालमा पठाइएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
संकलन गरिएका ति भाडाहरु नेपालमा द्वन्द्वकालमा प्रयोग भएका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
-
Loading...
Social Buttons