Latest News

बिहानै एक घण्टाबीचमा तीन भूकम्प, हल्लियो काठमाण्डु

काठमाण्डु, ९ जेठ– चीनको तीब्बतलाई केन्द्र बनाएर आइतबार बिहान तीन वटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार बिहान ७ बजेदेखि ८ बजेको बीचमा तीन वटा चार रेक्टर स्केलमाथिका भूकम्प गए । केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा, ७ बजेर ३४ मिनेटमा र ७ बजेर ५० मिनेटमा भूकम्प गएका छन् । पछिल्ला दुई भूकम्प पाँच रेक्टर स्केल बराबरका छन् भने पहिलो भूकम्प ४ रेक्टर स्केल माथिको छ । भूकम्प मापन केन्द्रका भूकम्पविद ठाकुरप्रसाद कँडेलले भने, ‘यी भूकम्प गोर्खा भूकम्पका पराकम्पन होइनन् । कम्पनको मापन नेपालबाट गर्नु त्यति बैज्ञानिक हुँदैन ।’ लगातार गएको भूकम्प काठमाण्डुमा पनि महशुस गरियो । - 
Loading...