Loading...
आइतबार, २१ चैत
बिबिसी । भारत छत्तीसगढको सरगुजा जिल्ला अस्पतालमा एक महिलाले एकैपटकमा पाँच बच्चालाई जन्म दिएकी छिन ।
सरगुजा जिल्ला अस्पतालमा भर्ना भएकी बिनकारा गाउँ बस्ने २३ वर्षकी मनिका राजवाडे नाम गरेकी महिलाले पाँच वटा छोरी जन्माएकी हुन् ।
अस्पतालका सिविल सर्जन डाक्टर एनके पाण्डेयका अनुसार आमा र सबै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ महिलाले पाँचवटा छोरीलाई जन्म दिएकी हुन । उनका अनुसार बच्चा जन्मनु समय भन्दा केही पहिले बच्चा जन्मिएकोले बच्चाको तौल भने कम रहेको बताए।
डाक्टरका अनुसार सामान्यतया गर्भ रहेको ९ महिना जन्मीएकाेले तौल २.५ केजी हुने गर्छ तर उनले ७ महिनामै बच्चालाई जन्म दिएकी ले बच्चाको तौल १.५ केजी रहेको बताए ।
अहिले बच्चालाई सघन उपचार कक्षमा राखिएको छ र बच्चाहरुलाई चिकित्कसकहरुले हेरचार गरिरेहका छन । मनिकाका श्रीमान महेश राजवाडेका अनुसार मनिका यसअघि पनि गर्भवती भएकी थिइनु तर बच्चा खेर गएको थियो ।
एकैपटकमा पाँच छोरी पाएकोमा महेश खुसी छन् तर उनीहरुलाई कसरी हुर्काउने भन्ने चिन्ता अहिले परिवार मा रहेको उनले बताए ।
nepalsandesh
Loading...
Social Buttons