Latest News

पिपलको पुजा गर्नाले मिल्ने सुख यसप्रकार छन् !!!

काठमाडौं, १८ वैशाख । पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ । त्यसैले पिपलको पूजा गर्नु राम्रो मानिएको गीतामा उल्लेख छ ।

पीपलको पुजा गर्ने नै हो भने जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् । स्नानकार्य समाप्तपछि सफा सेतो कपडा लगाएर जहाँ पिपल भएको ठाँउमा जानुहोस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् ।


चढाएपछि फूलप्रसाद चढाउनु होस् । धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्र मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः १०८ पटक पढ्नुहोस् । यो मन्त्र उच्चारण गरेपछि:

पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्रहदोष शान्त हुन्छ । जब जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुखसम्वृद्धि हुँदै जान्छ ।

 कोही व्यक्ति पिपलको बोटको तलतिर शिवलिङ्ग स्थापना गर्छ र नियमीत रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या समाप्त हुन्छन् । अशुभ समय शुभ हुँदै जान्छ ।

शनि दोष, शनि साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै सात पटक परिक्रमा गर्नु शुभ र फलदायी  मानिन्छ ।

साँझको समयमा पिपलको रुख मुनी दियो बाल्नु राम्रो हुन्छ ।

पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ । यस प्रकारले पिपलको पुजा गर्नाले घरमा सुखसम्बृद्धि र शान्ति भई रहन्छ ।

Loading...