Latest News

गर्मी निकै बढ्यो, नो टेन्सन ! अब घरमै बनाउनुहोस् एसी (तरिकासहित) !!!

वैशाख महिनाको पनि आधाआधी भइसक्यो । अहिले मुलुकका अधिकांश स्थानमा खपिनसक्नु गर्मी छ । फ्यान चलाउँदा पनि तातो हावा मात्रै फाल्छ । गर्मी भगाउने सबैभन्दा प्रभावकारी विकल्प भनेको एयर कण्डिसनर (एसी) चलाउने नै हो । तर एसी खरिद गर्ने र चलाउने अवस्था अधिकांश नेपालीको छैन । एसी खरिद गर्न महङ्गो त पर्छ नै खरिद गरिसकेपछि पनि धेरै विजुली खपत गर्ने भएकाले चलाईसक्नु हुँदैन । त्यसैले आज हामी तपाईंलाई घरमै एसी तयार गर्ने तरिका सिकाउँदैछौं ।
 आवश्यक सामाग्री:
Mataril-to-make-home-made-AC
– एउटा प्लास्टिकको बाल्टी
– करिब एक डेढ हात लामो पिबीसी पाइपको टुक्रा
– एउटा सानो फ्यान
– बरफ
– बाल्टीमा प्वाल पार्नका लागि कटर
– टेप

आउनुस् अब एसी तयार गरौं ।
पहिलो चरण: प्लास्टिकको बाल्टी बिर्को कसेर लगाउन मिल्ने खालको हुनुपर्छ । बाल्टीको बिर्कोमा तपाईंले ल्याउनु भएको सानो फ्यानको आकारको चिनो लगाउनुहोस् । यसका लागि साइन पेन प्रयोग गर्न सक्नुहुन्छ ।
Home-made-AC-2
दोस्रो चरण: अब चिनो लगाएको ठाउँमा काटेर गोलो प्वाल बनाउनुहोस् । ता कि त्यहाँबाट तलतिर फर्काएर फ्यान राख्न सकियोस् ।
Home-made-AC-2
तेस्रो चरण: फ्यानलाई बाल्टी भित्र फर्काएर राख्नुहोस् । त्यहाँ अडिने गरि टेप लगाउनुहोस् । टेप लगाउँदा ख्याल गर्नुहोला फ्यानको पछिल्लो भाग सबै छोपिनु हुँदैन । छेउ-छेउमामात्रै लगाउँदा पनि फ्यान अडिन सक्छ ।
Home-made-AC-3
चौंथो चरण: चित्रमाजस्तै बाल्टीको माथिल्लो भागमा पिबीसी पाइप अट्ने ३ वटा प्वाल बनाउनुहोस् । ति तीनवटा प्वालमा  पिबीसी पाइपका टुक्रा राखेर राम्रो सँग टेप लगाएर अड्याउनुहोस् ।
Home-made-AC-4
पाँचौं चरण: अब बाल्टीभित्र बरफ राख्नुहोस् । अनि फ्यान  जोडिएको बिर्को लगाइदिनुस् । अब फ्यान चलाइदिनुस् । फ्यानले बाहिरबाट तानेर बाल्टीभित्र फालेको हावा भित्र फरबमा ठोकिएर चिसो बन्दछ । अनि तपाईंले जोड्नु भएको ३ टुक्रा पाइपबाट बाहिर निस्किन थाल्छ ।
Home-made-AC

अब तपाईंको एसी तयार भयो । बन्द कोठामा आवश्यकताअनुसार चलाउनुस् । यसले केही मिनेटमा नै कोठालाई चिसो बनाइदिनेछ । न त धेरै विजुली खपत हुने चिन्ता, न त महङ्गो नै । तर, दैनिकरुपमा आईस (बरफ)को जोहो भने गर्नुपर्दछ । राम्रो कामका लागि थोरै मिहेनत त गर्नु परिहाल्यो नि होइन र ?
बरफको जोहो कहाँबाट गर्ने भन्ने चिन्ता लाग्यो ? त्यसो भए तपाईंलाई कूलर बनाउन सिकाउँछौं । त्यसका लागि बरफ चाहिँदैन । चिसो पानी भए पुग्छ । कुलर बनाउने आइडिया जान्नका लागि तलको लिंकको प्रयोग गर्न सक्नुहुन्छ ।



Loading...