Latest News

वैज्ञानिकहरुले खुलासा गरे पृथ्बी ध्वस्त हुने कारण: यी १० कारणले हुनेछ ध्वस्त !!!

हामी जसरी जन्मन्छौँ, उसैगरी जन्म भएको हो पृथ्वीको पनि । पृथ्वी पनि अनेक ‘मेकानिज्म’हरुको एउटा योग हो । भलै यसको जन्म र अन्त्यका बारेमा हाम्रो जस्तो सहज निचोडमा बैज्ञानिकहरु पुग्न सकेका छैनन् । र, अर्को कुरा, एउटा मानव जीवनमा पृथ्वीका बारेमा अनुसन्धान भन्दा पनि बढि अनुमान मात्र गर्न सकिन्छ । तैपनि विगत केही सय–डेढ सय वर्षका अनुसन्धान र अनुमानले यति भन्न सकिन्छ, पृथ्वी आज गम्भीर संकटमा छ । पृथ्वीमा संकट हुनु भनेको हामी मानव र समस्त प्राणी जगतकै भविष्यमा संकट पर्नु हो । अब हामीले तत्काल पृथ्वीलाई जोगाउन पहल नगर्ने हो भने निश्चित छ, मानव जातिको  धेरै पुस्ता यो पृथ्वीमा बाँच्न पाउने छैन । मान्छे त रहँदैन,रहँदैन, पृथ्वी पनि ध्वस्त हुने छ ।
पृथ्वी ध्वस्त हुने १० कारणहरु:  
१.  जनशंख्या वृद्धि 
पृथ्वीले अहिले भोगेको सबैभन्दा डरलाग्दो समस्या हो जनसंख्या वृद्धि । मानव जातीको अनावश्यक वृद्धि पृथ्वीका लागि सबैभन्दा हानिकारक कारण बनिरहेको छ । जति धेरै मान्छे, उति धेरै लोभ, जति धेरै मान्छे, उति धेरै प्राकृति श्रोत र साधनको दोहन । गत ६० वर्षमा विश्वको जनसंख्या तेब्बर भएको छ । जनसंख्या बढेसँगै आधुनिक र शहरी वस्ती विकासका लागि जमिनको विनास गर्ने क्रम उत्तिकै बढेको छ । हामीले यहाँ यो तथ्य पढिरहँदा पनि जनशंख्या बढिरहेकै छ ।
२. जलवायु परिवर्तन 
अहिले सबैभन्दा बढि चर्चा र कम काम गरिएको क्षेत्र कुनै छ भने त्यो हो –जलवायु परिवर्तन । बैज्ञानिकहरुको मत छ कि मानवीय व्यवहारहरुका कारण पृथ्वीमा अनपेक्षित रुपमा मौसम परिवर्तन भइरहेको छ । जलवायु परिवर्तनका खास कारणहरुमा फोसिल फ्युल (पेट्रोलियम पदार्थ देखि सबै जमिनभित्रबाट प्राप्त हुने उर्जा) को दोहन, पानीको विशुद्धता, खानपान लगायतका कुराहरु पर्दछन् । वैज्ञानिकहरुको मत छ, जलवायु परिवर्तनका कारण संसारभर तापक्रम बढेको छ । हिमालबाट हिउँ पग्लेका छन् र समुद्रमा पानीको सतह बढेको छ । यसबाट केही दशकमै तटीय क्षेत्रहरु डुब्नेछन् र त्यसले भयंकर मानवीय समस्याहरु निम्त्याउनेछ । यसको लागि आज हामीले वातावरणमैत्री जीवन जीउनु नै सबैभन्दा श्रेयस्कर हुन्छ । जस्तो गाडी र बाइकका सट्टा साइकल चढ्ने, मेशिनहरुको प्रयोग कम गर्ने, पानी र जमिनलाई विशादीमुक्त गर्ने, माछामाशु खान छाडेर शाकाहारी जीवन यापन गर्ने ।
३. जैविक विविधताको नष्ट 
जैविक विविधता भन्नुको अर्थ हुन्छ, एकै ठाउँमा अनेक खालका जीवनहरु । जस्तो कि नेपालमा अत्यन्त गर्मी क्षेत्रमा पाइने जीव वनष्पती मात्र होइन, अत्यन्त चिसो क्षेत्रमा पाइने जीव र वनष्पतीहरु पनि पाइन्छन् । तर मान्छेको लोभ र भविष्यप्रतिको वेवास्ता र जमिनमाथीको अत्याचारले त्यस्ता प्राकृतिक वस्तीहरु विनास हुँदैछन् र हिजो हामीसँग भएका कतिपय जीव बनस्पती आज छैनन्, नाश भएर गएका छन् । र आज रहेका कतिपय जीव वनस्पतीहरुको अस्तित्व भोलि नरहने खतरा बढेको छ । एउटा मात्रै जीव र वनस्पती नाश हुने वित्तिकै त्यसमा आश्रित अरु थुप्रै जीव वनस्पतीको नाश हुने हुनाले पृथ्वीका प्रत्येक ठाउँलाई अझै रसिलो, मलिलो र हराभरायुक्त बनाउन आवश्यक छ । तर भएको छ ठिक उल्टो ।
४. फस्फोरस र नाइट्रोजन चक्र
मानवीय क्रियाकलापका कारण वायुमण्डलमा थुप्रिएको अत्यधिक कार्बन डाइअक्साइडबारे धेरैलाई थाहा छ तर थौरैलाई थाहा होला, नाइट्रोजनको असरबारे । दशकौँसम्म मानव जातीले नाइट्रोजन नामक तत्वलाई सदुपयोग र दुरुपयोग दुवै गरेको छ । प्रत्येक वर्ष मानव जातीले १२ करोड टन्सभन्दा बढी नाइटा«ेजनलाई वायुमण्डलबाट लिएर त्यसलाई मलखाद बनाउने गरेको छ । र मान्छेले प्रयोग गरेको सो नाइट्रोजन सिधै खोला, नदी र महासागरमा गएर मिसिन्छ । यसका कारण महासागरभित्र रहने जलचरहरुको जीवनलाई सिधै असर त पार्छन नै, महासागरमा मिसीएको नाइट्रोजनका कारण पृथ्वीवासीलाई चाहिने अक्सिजन निर्माणमा समेत नकारात्मक प्रभाव पार्छ ।
५. घट्दो पानी, बढ्दो प्यास 
अन्त जानै पर्दैन, हामीले आफ्नै जीवनका एक दुई दशकका अनुवभ नियाले थाहा हुन्छ । वैज्ञानिकहरुको मत छ कि निकट भविष्यमा पानी त्यस्तो चिज हुनेछ, जुन सुन र चाँदीजस्तै महंगो हुनेछ । पानी कसको भन्ने विषयमा युद्धहरु हुनेछन् । अहिले विश्वका १ तिहाई मान्छेको अपर्याप्त पहुँच स्वच्छ पानीमा छ । र यो घट्ने क्रममा छ । वैज्ञानिकहरु भन्छन्, सन् २०५० सम्ममा विश्वका दुई तिहाई मान्छेहरुले स्वच्छ पानीको हक गुमाउनेछन् । जनसंख्या वृद्धि र अत्यधिक औद्योगिकिकरण र जनावर उद्योग नै पानी कम हुनाको कारण हो ।
६. महासागरको एसिडिफिकेसन 
एसिडको अर्थ हुन्छ अम्लिय, एसिडीफिकेसनको अर्थ हुन्छ अम्लिय हुनु । कार्बनडाई अक्साइडको अत्यधिक उत्पादनका कारण महासगरहरुको पानीमा अम्लियपना बढ्दो छ । हाम्रा सानतिना खोलाहरुमा समेत त्यस्तो देखिन थालिसकेको छ । महासागरले मानव जाती तथा अन्य जीवहरुबाट उत्पादित २५ प्रतिशत कार्बनडाइअक्साईड सोस्ने गर्छ । त्यसपछि सो ग्यासले अन्य तत्वहरुसँग मिलेर कार्बोलिक एसिड जस्ता तत्व बनाउँछ । महासगरमा एसिडिफिकेसनको दर गत २ सय ५० वर्षमा ३० प्रतिशतले बढेको छ र सन् २१ सयमा त यो दर बढेर १५० प्रतिशतमा पुग्ने अनुमान छ ।
७. प्रदुषण 
अत्यधिक रसायनहरुका कारण हावा, पानी र माटोमा अत्यन्त ठुलो प्रदुषण व्याप्त छ, जुन सकिन वर्षौँ लाग्छ । यी सबै रसायनहरु हाम्रो आधुनिक जीवनको कारण निर्माण भएको हो । प्रदुर्षण हावामा मात्र सिमित छैन् । माटोमा पनि हेभि मेटल, नाइट्रेट र प्लास्टिकले युक्त हुँदै गएको छ । हामीले जमिनमा फालेका अत्यधिक प्लास्टिकहरु अन्त्यमा महासागरसम्म पुग्छन् । ति प्लाष्टिकका कारण जलचर र समग्र पृथ्वीको स्वास्थ्यमा पार्ने स्वास्थ्यमा हामी कसैलाई वास्ता नै छैन । 
८. ओजोन तहको क्षयिकरण 
पृथ्वीबाट निक्लिएका क्लोराइन र ब्रोमाइड नामका रसायनले गर्ने गरेका छन् । जव ति रसायन माथिल्लो वायुमण्डलमा पुग्छन्, तिनले ओजन तत्वमा क्षयिकरण गराउँछन् । र त्यसबाट ओजन तहमा प्वाल पर्छ । र सबैभन्दा ठुलो प्वाल पृथ्वीको अन्टार्टिक भुभागमाथि रहेको छ । पृथ्वीको माथिल्लो सतहको उक्त वायुमण्डलीय तहले सूर्यबाट आएका हानिकारक विकिरणहरु (अल्ट्राभायलेट किरण) लाई रोक्ने काम गर्छ ।
९. पशुपालन र माछा मार्ने उद्योग
अनुमान गरिएको छ कि सन् २०५० सम्ममा विश्वका कुनै पनि खोला या समुद्रमा माछा रहने छैनन् । यो जति डरलाग्दो क्षति अरु के हुन सक्छ ? यसको एउटै कारण हो समुद्रमा अत्यधिक माछा मार्ने उद्योग । त्यस्तै अर्को डरलाग्दो तथ्य छ पशुपालनमा पनि । अहिले अमेरिकामा उत्पादित कुल मकैको ८० प्रतिशत केवल गाइलाई खुवाउन प्रयोग गरिन्छ । र ति गाई आखिरमा बन्छन् मान्छेको खाना । संसारको अर्को कुनामा अन्न खान नपाएर मरिरहँदा अर्कोतर्फका मान्छे अत्यन्त धेरै प्राकृतिक श्रोत साधनको दुरुपयोगबाट आएको महंगो र खर्चिलो ‘खाना’ खाइरहेका छन् ।
१०. बन विनाश
सन् १९९० देखि संसारका ५० प्रतिशत बाक्ला वनहरु नास भएका छन् । वन विनास संसारभर तिब्र रुपमा अघि बढेको छ । रुख र वनस्पतिको संख्या संसारभर अत्यन्त ठुलो मात्रामा सकिँदै गएको हाम्रै समयमा हो । यसरी वन विनास हुँदै जाँदा वनमा आश्रित प्राणीहरु त सकिन्छ नै, त्यससँगै खडेरी, आगलागी, पहिरो र रुख विरुवाको अभावमा त्यस क्षेत्रको जैविक विविधताको पनि नास हुन्छ ।
यसर्थ, यदि हामीले आफ्नो पृथ्वीलाई माया गर्ने हो भने आजैबाट मानव जातीले आफ्नो जनसंख्या घटाउने तथा आफ्ना गलत काम र लोभी चरित्रलाई हटाउँदै जानुपर्छ ।  गफ होइन, अहिल्यै काम गर्नुपर्छ । यदि तपाइँलाई तपाइँको सन्तती यो पृथ्वीमा सधैँ बाँचिरहुन् भन्ने चाहना छ भने अहिल्यै पृथ्वीलाई जोगाउन पहल गर्नुहोस् ।
Loading...