Loading...
काठमाडौं, १३ वैशाख । सेनाको हेलिकप्टरबाट आइतबार बिहान ११ वने बारपाकमा ओर्लिएकी राष्ट्रपति विद्यादेवी भण्डरीलाई स्थानियले भव्य स्वागत गरेका थिए ।
हिमालय उमावि मास्तिरको फुटबल मैदानमा बनाइएको हेलिप्याडबाट मञ्चसम्म आउने क्रममा स्थानियले फूलमालासहित उनको स्वागत गरेका थिए ।
मञ्चमा करिब पाँच मिनेट बिताएकी उनले बारपाक ४ का भूकम्पपीडित गोपाल विकको घर पुननिर्माणको शुभारम्भ गरिन् । विकको घर पुनर्निर्माण शुभराम्भ गर्न करिब १० मिनेट स्वस्तिवाचन गरिएको थियो ।
तर, राष्ट्रपति भण्डारीले बारपाकीलाई सम्बोधन गरिनन् । राष्ट्रपतिले केही पनि नबोलेपछि बारपाकी आक्रोशित भएका छन् । सान्त्वनासहितको पुननिर्माणका केही गतिविधि र आश्वासनसहित सम्बोधन हुने अपेक्षा रहे पनि राष्ट्रपतिबाट सम्बोधन नभएपछि बारपाकी आक्रोशित भए ।
राष्ट्रपतिले सम्बोधन नगरेपछि स्थानीय महिलाहरु सिडिओ नारायण प्रसाद भट्टमाथि खनिएका थिए । आक्रोशित महिलाले राष्ट्रपतिलाई किन बोल्न नदिएको भन्दै झन्डै हातपात गरेका थिए ।
माथिको व्यवस्था भन्दै सिडिओ पन्छिएका थिए । भूकम्पको पीडामा बाँचेका बारपाकीलाई सान्तवना दिने गरी राष्ट्रप्रमुखबाट केही सम्बोधन होला भन्ने अपेक्षा थियो, तर केही बोल्नुभएन, त्यसबाट बारपाकी आक्रोशित र निराश भएका छन्,' स्थानीय सुकबहादुर विकले भनेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Social Buttons