Latest News

‘युवा अघि सरुन्, भ्रष्टाचारी जेल परुन्’ !!!


काठमाडौँः युवाहरुले भ्रष्टाचारविरूद्धको अभियान सुरु गरेका छन् । ‘युवा अघि सरुन्, भ्रष्टाचारी जेल परुन्’ भन्ने मूलनाराका साथ सुरू भएको अभियान मुलुकका ७५ वटै जिल्लामा सञ्चालन गरिनेछ । 


देश विकासका लागि भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र त्यो भ्रष्टाचार अन्त्य गर्न युवा नै सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै देशैभरि भ्रष्टाचारसम्बन्धी विभिन्न कार्यक्रम गरेर जनचेतना फैलाउने अभियानकर्मी जीवन थपलियाले बताए । 

लियो क्लब अफ काठमाडौँ, मार्गदर्शनले आयोजना गरेको सो अभियानको शनिबार उद्घाटनपछि पत्रकार रवीन्द्र मिश्र, पूर्वसभासद् शान्ता चौधरी र पूर्व मुख्यसचिव लीलामणि पौडेलले देश नबन्नुको मुख्य कारण भ्रष्टाचार भएको बताए । 

उनीहरुले सबैभन्दा पहिले भ्रष्टाचारको अन्त्यका लागि पहल गर्न सबैसँग अपिल गरे । भियानमा करिब ५० जना युवाको सहभागिता छ । रासस  
Loading...