Latest News

मलेसियन एयरलाइन्सको विमान अमेरिकी सिआइले खसाल्यो !!


युक्रेन – युक्रेनको आकाशमा खसाइएको मलेसियन एयरलाइन्सको यात्रुबाहक बोइङ विमान रसिया समर्थित बिद्रोहीहरुले खसालेको सरकारी पक्षले दाबी गरिरहँदा बिबिसीमा प्रशारित बृत्तचित्रमा भने उक्त घटनामा अमेरिकी सिआइएको हात रहेको दाबी गरिएको छ । 

उक्त बृतचित्रमा प्लेन पड्किएर खस्नुका विभिन्न कारणहरु उल्लेख गर्दै सो विमान जमिनबाट हानिएको मिसाइलका कारण नभएर युक्रेनको फाइटर जेटबाट प्रक्षेपण गरिएको मिसाइलका कारण खसेको दाबी गरिएको हो । बृत्तचित्रमा उक्त घटनाको पछाडि सिआइएद्वारा समर्थित 'आतंकवादविरुद्धको अपरेशन' जिम्मेवार भएको पनि बताइएको छ । 

मलेसियन एयरलाइनस बोइङ ७७७ जहाज सन् २०१४ को जुलाई १७ का दिन पूर्वी युक्रेनको आकाशमा पड्किएर खसेको थियो । घटनामा विमानमा यात्रा गरिरहेका २९८ यात्रुको ज्यान गएको थियो । 

घटनापछि छानविन गर्दै सरकारी अधिकारीहरुले रसियामा बनेको मिसाइल प्रयोग गरेर रसिया समर्थित लडाकुहरु खसालेको रिपोर्ट सार्वजनिक गरेका थिए । तर, उक्त बृत्तचित्रमा भने उक्त क्षेत्रका मानिसहरुले फाइटर जेटले विमान खसालेको देखेको उल्लेख गरिएको छ । 

'हामी खेतमा काम गर्दै थियौं । त्यतिनै बेला हामीले ठूलो आवाज सुन्यौं,' स्थानीय नतासा बेरोनिनाले बृत्तचित्रमा भनेकी छिन्, 'हामीले शुरुमा कालो धुँवा देख्यौं र त्यसपछि दुईवटा प्लेन । ती प्लेन चाँदीको जस्तै रंगभएको साना थिए । एउटा सिधै उड्यो भने अर्को त्यहाँबाट फर्कियो ।' अर्का प्रत्यक्षदर्शीले त झन् फाइटर विमानले मिसाइल दागेको समेत देखेको दाबी गरेका छन् । 

द सन्डे एक्सप्रेसका अनुसार जमर्नीका खोज पत्रकारिता गर्ने बिली सिक्सले १ सय जना प्रत्यक्षदर्शीसँग कुराकानी गरेका थिए । जसमध्ये ७ जनाले फाइटर विमान देखेको उल्लेख गरेका थिए । 

बृत्तचित्रमा दुईवटा फाइटर जेटले मलेसियन एयरलाइन्सको विमान खसालेको दाबी गरिएको छ । 

तर, त्यतिबेला फाइटर विमान उडाउने पाइलट भनिएका भ्लादिस्लाभ भोलोसिनले भने उक्त आरोपको खण्डन गरेका छन् । त्यो दिन आफूले कुनै विमान नै उडाएको दाबी गर्छन् । 

त्यस्तै, उक्त बृत्तचित्रमा विमान खसाल्नुमा अमेरिकी जासुसी संस्था सिआइएको पनि हात रहेको दाबी गरिएको छ । निजी अनुसन्धान कर्ता सर्गे सोकोलोभले अमेरिकी जासुसी संस्था, युक्रेनको जासुसी संस्था र नेदरल्याण्डको जासुसी संस्था मिलेर विमान खसाएको उनले दाबी गरेका हुन् । 

आरोपबारेका विभिन्न प्रमाणहरुसहित बृत्तचित्र तयार गरिएको छ । 
Loading...