Latest News

भारतसँग जोडिएका सबै नाका सिल गरि ‘१९५० को सन्धि पुनरावलोकन गरी पासपोर्टबाट मात्रै ओहोरदोहोर’ गर्नु पर्छ – बामदेव गौतम

एमाले उपाध्यक्ष बामदेव गौतमले नेपालको सार्वमौम सत्ता कायम राख्न भारतसँग गरिएको १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन्। उनले नेपाल-भारत जोडिने सिमा नाकाहरू सिल गर्नुपर्ने बताएका छन्।

उनले भारत जान र उताबाट आउन राहदानीको व्यवस्था गर्नुपर्ने पनि बताएका छन्। त्यसो भएमात्रै नेपालको सार्वभौमसत्ता जोगिने गौतमको दाबी छ।


स्व. नेता मनमोहन अधिकारीको १७ औं स्मृति दिवसमा मनमोहन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले सोमबार भने, ‘मनमहोन अधिकारीले १९५० सन्धि पुनरावलोकन गर्न भारत सरकारसँग पहिलोपटक कुरा उठाउनु भएको हो। सन्धि पुनरावलोकलन गर्ने कुरा विज्ञप्तिममै उल्लेख थियो। त्यो सन्धि नफेरिएसम्म नेपालले नाकाबन्दीजस्ता समस्या झेलिरहनुपर्ने हुन्छ।’

प्रधानमन्त्री भारत भ्रमण गएर सम्बन्ध पुनःस्र्थापित भयो भन्ने कुरा हावादारी मात्रै भएको गौतमले टिप्पणी गरे। ‘नाका सहज भयो भन्नुहुन्छ। त्यस्तो केही पनि भएको छैन। सम्बन्ध सुधार भएको छैन,’ गौतमले भने।

इयुसँग मिलेर भारतले नयाँ सयुंक्त वक्तव्य जारी गरेपछि नेपालमा खतरनाक नाकाबन्दी लाग्ने खतरा देखिएको पनि गौतमले बताए।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको बामपन्थी आन्दोलन एक हुन सक्ने बताए। बामपन्थी आन्दोलनलाई एमालेले नेतृत्व गर्नुपने बताए।
Loading...