Latest News

आजबाट ठाँउ तोकेरै ग्यास बाँडिदै (सूची सहित) !!

gasss
२९ चैत, काठमाडौं । खाना पकाउने ग्यासको बजारमा अभाव कायम रहेपछि स्थान तोकेरै ग्यास वितरण गरिने भएको छ । 

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार आपूर्ति सहज र सबै उपभोक्तालाई उपल्वध गराृन ठाँउ तोकेरै ग्यास वितरण गर्न लागिएको हो । 

आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्रहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका हुन् । 

नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंका क्षेत्र विभाजन गरेर २७ कम्पनीको ग्यास एकैपटक विक्री गर्ने तयारी छ । 

आज भक्तपुरबाट सुरु हुने यो अभियान अन्तर्गत एक सातामा राजधानीका सबै उपभोक्ताले एकपटक ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले बताए । 

संघले नाकाबन्दीपूर्व जुन बिक्रेताबाट ग्यास ल्याएको हो, उसैकहाँ सम्पर्क राख्न ग्राहकलाई आग्रह गरेको छ । 

राजधानीमा ग्यास बेच्ने सबै कम्पनीले आफ्ना डिपो तथा बिक्रेताकहाँ सूचीकृत सबै ग्राहकलाई पुग्ने संख्यामा ग्यास पठाउने घिमिरेले जानकारी दिए । 

कहाँ र कहिले पाइन्छ ग्यास ? 

चैत २९ - भक्तपुर जिल्लाका सबै क्षेत्र 

चैत ३० – नयाँ बानेश्वर, बत्तीसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर, बबरमहल क्षेत्र 

बैशाख २ - पुरानो बानेश्वर, सिनामंगल, गौशाला, चावहिल, बौद्ध, चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल, नयाँ बस्ती 

बैशान ३ – ललितपुर जिल्लाका सबै क्षेत्र 

बैशाख ५ – न्युरोड, असन, लगन, पुतलीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लिबजार, ज्ञानेश्वर, मैतीदेवी 

बैशाख ६ – कलंकी, थानकोट, बल्खु, कीर्तिपुर, सतुंगल, कालीमाटी, बाफल, बालाजु, सीतापाइला, स्वयम्भू 

बैशाख ७ – महाराजगञ्ज, बूढानीलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी, धुम्बाराही 

onlinekhabar
Loading...