Latest News

किन महिलाहरू दाह्रीवाल पुरुष भनेपछि सेक्सका लागी आतुर हुन्छन्??; नयाँ खोजले पत्ता लगायो !!!

दाह्री पाल्ने चलन नयाँ होइन। कसैले साना दाह्री पालेका हुन्छन् भने कसैको अनुहारमा स्टाइलिस दाह्री देखिन्छ। 

सवाल यो उठ्छ कि पुरुषहरुलाई दाह्रीको के आवश्यकता छ? धेरै मान्छे, बच्चा र महिलाहरुको काम दाह्री बिना नै चल्छ। त्यसो हो भने मानिसको विकासमा दाह्रीको रोल के छ? 

आजकल दाह्री फेसन बनिसक्यो। सबै फेसनको उद्धेश्य आफूलाई राम्रो देखाउनु नै हुन्छ। र यसको अन्तिम लक्ष्य हुन्छ आफ्ना लागि पार्टनर खोज्नु। 

अक्सर पुरुषहरु महिलालाई लोभ्याउनका लागि फरक फेशनमा दाह्री पाल्ने गर्छन्। 

तर पुरुषको दाह्रीले महिला प्रभावित हुन्छन् भन्ने कुरा अझैं पुष्टि भइसकेको छैन। 

केही सर्वेक्षणले महिलाई पुरुषको अनुहारमा दाह्री राम्रो लाग्ने देखाएका छन् भने केही रिसर्चले महिलाहरुलाई "क्लिन सेभ्ड" पुरुषहरु मन पर्छन्। 

दाह्रीको फाइदा के छ? भन्ने अर्को सवाल उब्जिन्छ। वैज्ञानिकहरु भन्छन्, मानिसको इतिहासमा महिला र पुरुषलाई फरक देखाउनका लागि दाह्रीको विकास भएको हो। यसले पुरुषलाई बलवान भएको महशुस गराउँछ। 

साँच्चै भन्नुपर्दा हरेक प्राणी जवान भएपछि साथी खोज्छ। आफ्नो सन्तान उत्पादनका लागि पार्टनर चाहन्छ। 

मान्छे पनि आफ्नो पार्टनर खोज्छ, सम्बन्ध बनाउन, बच्चा जन्माउनका लागि। पार्टनर खोज्दा आफू अरुभन्दा राम्रो देखिनु जरुरी हुन्छ। कोही लजालु, कमजोर छ भने उसले महिला साथीको मन जीत्न गाह्रो हुन्छ। यो मामलामा बिन्दास, स्मार्ट र वलवान मान्छेले बाजी मार्छन्। 

तमाम रिसर्चबाट के पत्ता लागेको छ भने महिला होस् या पुरुष सबैले जसको दाह्री हुन्छ त्यो बलवान र आक्रामक हुन्छ भन्ने ठान्छन्। 

बेलायतमा १८४२ देखि १९७२ सम्ममा दाह्रीको फेसनबारे एउटा अध्ययन भएको थियो। सो अध्ययनले दाह्रीको सम्बन्ध महिला साथीको खोजीसँग जोडिएको देखाएको थियो। 

कुनै पुरुष बलवान् छ भन्ने देखाउन उसको दाह्रीका साथसाथै उसको आवाजले पनि महत्वपूर्ण भूमिका खेल्छ। मानिसहरु आवाजमा जोश भएका मान्छेलाई नै नेता चुन्छन्। 

महिलालाई ल्योभ्याउनका लागि पुरुषहरुबीच दाह्री र आवाजको मात्रै प्रतिष्पर्धा हुँदैन। धेरै मान्छे ठान्छन् कि महिलालाई लोभ्याउन पुरुषहरु बलवान र मजबुत् पनि देखिनु पर्छ। सायद यही कारणले आजकाल धेरै युवाहरुमा बडी बनाउने चलन छ। उता महिलाहरु पुरुषलाई आकर्षित गर्नका लागि दुब्लो पातलो देखिनुका साथै धेरै मेकअप गर्नुपर्छ भन्ने सोच्छन्। 

स्टाइलिस दाह्री पालेर वा मेकअप गरे तपाईँ केही मान्छेलाई प्रभावित पार्नुहोला। तर यही फर्मुलाले सधैँ काम गर्छ भन्नु अक्सर गल्ती हुन्छ। (साभारः बिबिसी हिन्दी)
Loading...