Latest News

भर्खर नेपालको बझाङलाई केन्द्र बनाएर गयो नयाँ भूकम्प; थप जानकारी आउन वाँकी

गत वर्षको वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’को एक वर्षपछि शनिबार दिउँसो १२ बजेर २८ मिनेटमा बझाङलाई केन्द्र बनाएर ४ दशमलब २ रेक्टर स्केलको नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार पहाडी क्षेत्र भएकाले बझाङ र आसपासका पहाडी जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको थियो ।
बझाङका स्थानीय पत्रकार सम्राट सिंहका अनुसार भूकम्पको धक्का महसुस भएपछि घरभित्र बसेका मानिसहरु हत्तपत्त घरबाहिर आएका थिए ।
भूकम्पले पुर्याएको क्षतिबारे कुनैपनि विवरण नआएको बझाङ प्रहरीका डीएसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
dainiknepal
Loading...