Latest News

वैज्ञानिकहरुको चेतावनी नेपाल, भारत लगायत एसियाली राष्ट्रमा ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जाने !!!सचेत रहन आग्रह


काठमाडौं, ७ वैशाख । वैज्ञानिकहरुले नेपाल, भारत लगायत एसियाली राष्ट्रमा ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जानसक्ने चेतावनी दिएका छन् । 

आइतबार इक्वेडरमा गएको ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि वैज्ञानिकहरुले एसियाली देशमा निरन्तर भूकम्प गइरहेको र त्यो ८ रेक्टरमाथि भएर बाहिर आउनसक्ने बताएका हुन् । 

भारतीय पत्रिका इण्डियन एक्सप्रेसका अनुसार एसियाली देशको भूगोलमा भूकम्पीय शक्ति सञ्चित रहेको र इक्वेडरको भन्दा शक्तिशाली भूकम्प जान सक्ने बैज्ञानिकहरुको चेतावनी छ । 

इण्डियन र चाइनिज प्लेटको टकरावले यस्तो खतरा बढेको र इण्डियन प्लेट चाइनिज प्लेटको तलपट्टी प्रवेश गरिरहेको तथ्य पनि उनीहरुले सार्वजनिक गरेका छन् । 

यहाँ सञ्चित शक्ति बाहिर निस्किँदा कम्तिमा ८ रेक्टर स्केल र त्यो भन्दा पनि ठूलो भूकम्प जानसक्ने र यसलाई भविष्यका लागि निकै ठूलो खतरा भनिएको छ । यद्यपी भूकम्प कहिले र कुन ठाउमा जान्छ भनेर भनिएको छैन् ।

zoomnp
Loading...