
चैत २१ । अर्चना पनेरुलाई लिएर चलचित्र निर्माण गरिरहेका निर्देशक राजु गिरीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले कारबाही गरेको छ । प्रशासनले उनलाई चलचित्र विकास बोर्डको स्वीकृत बिना नै चलचित्र छायाँकन गरेको भन्दै रु पाँच हजार जरिवाना गरेको हो । यस अघि प्रशासनले छायाँकन स्थलबाटै सुटिङ युनिटलाई पक्राउ गरेको थियो । उनीहरुलाई सोधपुछ गरी छाडे पनि छायाँकनमा प्रयोग गरिएको क्यामेरा प्रशासनले फिर्ता गरेको थिएन । प्रशासनले १२ दिन पछि आज पाँच हजार जरिमाना सहित क्यामेरा फिर्ता दिएको निर्देशक गिरीले बिजपाटी आनलाइनलाई बताए । राजु गिरि चलचित्र "जिस्म" को सुटिंगको लागि पोखरा पुगेका थिए । चलचित्रमा अर्चना पनेरु, उनकी आमा सुनिता पनेरु र सुरेन्द्र बुढा मुख्य भूमिकामा रहने छन् ।
Social Buttons