Latest News

राजधानिमा शक्तिशाली बम विस्फोट हुदा २८ जनाको मृत्यु क्षतिको विवरण आउन वाँकी !!!

काबुल, ७ वैशाख । अफगानिस्तानको राजधानी काबुलमा भएको शक्तिशाली आत्मघाती विस्फोटमा २८ जनाको मृत्यु भएको छ । 

काबुलस्थित अमेरिकी दूतावास र नेटो मिसनको नजिकै गराइएको आत्मघाती विस्फोटमा ३ सय २९ जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटपछि सो क्षेत्र पुरै धुँवाले ढाकेको थियो । 

काबुलको पुली महमुद खान इलाकामा गराइएको विस्फोटको जिम्मेवारी तालिवानले लिएको छ । आत्मघाती बम आक्रमणकारीले एउटा कारमा विस्फोट गराएको अफगानी गृह मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बिबिसीले जनाएको छ । 

आक्रमणपछि पनि लामो समयसम्म लगातार गोली चलेको आवाज आएको थियो । सो क्षेत्रमा सिक्रेट सर्भिस युनिट डिफेन्स मिनिस्ट्रि कमाउन्ड रहेका छन् । विस्फोट भएको क्षेत्रमा अमेरिकी दूतावास रहेको छ । त्यसको करिब तीन किलोमिटरको दुरीमा भारतीय दूतावास रहेको छ । अमेरिकी दूतावासका अधिकारीले दूतावास र नेटो मिसनमा कुनै क्षति नभएको बताएका छन् । 

विस्फोट भएको स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सम्भावित आतंकवादी घटनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

dainiknepal
Loading...