Loading...
अवैध यौन सम्बन्धबाट गर्भ बसेपछि चैत २४ गते राजकुमारीले आफ्नै घरको शौचालयमा शिशुलाई जन्माई नजिकैको शेर जम्बा सामुदायिक वनमा फालेकी थिइन् ।
शिशु हत्याका आरोपी नाताले जेठाजु बुहारी हुन । चैत्र २६ गते साँझ गाउँलेले जंगलमा बच्चाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि शिशुको शव बरामद गरी यासोक ईलाका प्रहररीले अनुसन्धान गरेको थियो । त्यसक्रममा पुरुष शिशुको मृत्यु भइसकेको र पाँचथर अस्पतालमा पोष्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टले जंगलमा दुई–तीन दिन अघि नै मारी फालिएको पत्ता लागेको थियो ।
शिशु हत्या आरोपी दुवैलाई कर्तब्य ज्यानमुद्दा अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको पाँचथरका प्रहरी निरक्षक (इन्सपेक्टर) बिजय श्रेष्ठले जानकारी दिए ।
Loading...
Social Buttons