Latest News

छोरी बलात्कार गर्ने युवकको आक्रोशित भएका बाबुले बलात्कारीको दुवै हात काटिदिए!!!

काठमाडौं,  बैशाख । समाज दिनानुदिन हिंस्रक बन्दै गइरहेको छ । सानी नानी देखि बृद्धा महिलाहरु बलात्कृत भइरहेका र यसको बदलामा हुने सांघातिक आक्रमणका घटनाले समाज हिंस्रक बन्दै गएको पुष्टि हुन्छ । 

पछिल्लो समय नेपाल र यसको दक्षिणी छिमेकी मुलुक भारतमा बलात्कारका घटना सार्वजनिक भइरहेका छन् । यसैक्रममा भारतको पञ्जावमा एक सात महिने बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवकको दुवै हात काटिदिइएको छ । आफ्नी सात महिने छोरी बलात्कार भएपछि आक्रोशित भएका बाबुले बलात्कारीको दुवै हात काटिदिएका छन् । 

पञ्जाव राज्यको बठिन्डामा आफ्नी सात महिने छोरी बलात्कार गरेको आरोपमा बाबुले मंगलबार आरोपीको दुवै हात काटिदिएका हुन् भने उनी हाल फरार रहेका छन् । दुवै हात काटिएको अवस्थामा रगताम्मे खेतमा भेटिएका बलात्कार आरोपी युवकलाई स्थानीयले उपचारका लागि अस्पताल लगेका छन् । 

सन् २०१४ मा भएको नाबालिकामाथिको बलात्कार आरोपमा जेल भुक्तान गरेर हालै रिहा भएका ति युवकको अहिले बालिकाको बाबुले हात काटिदिएका हुन् । सो मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ । मुद्दा चलिरहेकाले पीडित बालिकालाई लिएर बाबु मंगलवार अदालतमा बयान दिन पुगेका थिए । 

सोही क्रममा आरोपी युवकसँग अदालत बाहिर नै घटना मिलाउने भन्दै बालिकाको बाबुले युवकलाई आफूसँगै मोटरसाइकलमा राखेर झुम्बातर्फ खेत तर्फ लागेका थिए । त्यसपछि युवकलाई रुखमा बाँधेर बालिकाको बाबुले उनको दुवै हात काटिदिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

Loading...