Latest News

भूकम्पको धक्कापछि भाग्दा ललितपुरमा ५ जना घाइते

तस्विरः फाइल टेप

तस्विरः फाइल टेप
काठमाडौं । शनिबार साँझ गएको भूकम्पपछि भाग्दा लडेर ललितपुरमा ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा ललितपुर ८ कि ४० वर्षे संगीता वैद्य, बज्रबाराही ११ का ४० वर्षे श्रवण बस्नेत, ललितपुर मंगलबजारका २७ वर्षे रत्नदेवी शाक्य र विकेश शाक्य र खोकनाका ३५ वर्षे देखासन डंगोल रहेको भाग घाइते भएका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक किसन सिंह थापाले जानकारी दिए ।

विकेश र संगीताको पाटन अस्पतालमा, रत्नदेवी र श्रवणको बी एण्ड बी अस्पतालमा र देखासनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

बेलुकी ७ बजेर ५ मिनेट जाँदा भैंसीपाटी केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।
Loading...