Latest News

भूकम्पबाट काठमाडौं उपत्यकामा १० जना घाइते: प्रहरी ;;घाइतेहरुको प्राथमिक उपचार गरिँदै

Bhukampa-Anamnagar-4
घाइतेहरुको प्राथमिक उपचार गरिँदै
काठमाडौं, २७ चैत । शनिबार साँझ गएको भूकम्पबाट राजधानीमा १० जना घाइते भएका छन् ।
मेट्रो प्रहरीका इन्सपेक्टर सुरेश सिंह तिमल्सिनाका अनुसार अहिलेसम्म ललितपुरमा ५ जना, भक्तपुरमा १ जना र काठमाडौंमा ४ जना घाइते भएका छन् ।
उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर तिमल्सिनाले बताए । भूकम्पबाट घाइते भएकाहरुको थप विवरण संकलन भइरहेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ७ बजेर ५ मिनेटमा ललितपुरको भैंसेपाटीलाई केन्द्रविन्दू बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
Loading...