Latest News

पसलमा काम गर्ने युवतीलाई साहुजीले बिहे गर्ने भन्दै गर्भ बोकाए पछि युवतीद्दारा आत्महत्या !!


विवाह गर्ने प्रलोभन देखाई राखिएको अवैध शारीरिक सम्बन्धपछि रहेको गर्भका कारण नै यहाँ एक युवतीले आत्महत्या गर्नुपरेको प्रहरी अनुसन्धानले देखाएको छ। 

स्थानीय आसिस मोबाइल ग्यालरी पसलमा काम गर्दै आएकी २५ वर्षीया एक युवतीलाई पसल सञ्चालक धनगढीका तोहित सिद्दकीले विवाह गर्ने प्रलोभन दिई गरेको अवैध शारीरिक सम्बन्धपछि रहेको गर्भलाई पतन गराउन औषधि खान लगाएका कारण उनले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

कैलालीको उदासीपुर गाविस घर भई हाल धनगढीमा बस्दै आएकी उनी विगत चार वर्षदेखि उक्त मोबाइल पसलमा काम गर्दै आएकी थिइन्। 

धनगढी उच्च माध्यमिक विद्यालयमा समेत अध्ययनरत उनले यही वैशाख २ गते बिहान मोबाइल पसलमै झुन्डिएर आत्महत्या गरेकी थिइन् । 

घटनापछि मृतका दाजुले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । 

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अनुसन्धानका क्रममा मृतकले प्रयोग गरेको मोबाइलका साथै डेरामा रहेको कापीको खानतलासी गर्दा आत्महत्याको कारण लेखिएको बताए। 

मृतकको डेरामा धर्म परिवर्तन गराउन सिकाइने कापीसमेत फेला परेको बताइएको छ । प्रहरीले सिद्दकीलाई पक्राउ गरेको छ । रासस
Loading...