Latest News

भारतले दशगजा मिचेर शुरु गर्‍यो पक्की नाला निर्माण


भारतीय केन्द्रिय सरकारले बोर्डरदेखि आठ किलोमिटर भित्र ठुला संरचना निर्माण नगर्ने नीति तर्जुमा गरेको केहि दिन नबित्दै भारतीय पक्षले महोतरीको मटिहानीमा दशगजा मिचेर एक किलोमिटर पक्की नाला निर्माण शुरु गरेको छ ।

दश गजाभन्दा १० मिटर वरपर कुनै पनि निर्माण कार्य गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन समेत उल्लंघन गर्दै सिमा विकास कार्यक्रम अन्तर्गत भारतीय पक्षले दशगजा भित्रै संरचना निर्माण गरेको हो ।


सीमा सम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार दुई देशको सीमा रेखाको दुवै पट्टी दश मीटर भुभागमा बसोबास र भौतिक पूर्वाधार निर्माण गर्न पाइदैन । तर भारतीय पक्षले एकलौटी रुपमा नाला निर्माण गरेको सो नाला दशगजाको ८÷८ मीटर भित्रैमा रहेको छ ।


Loading...