Latest News

मधेसीको धम्कीलाई प्रचण्डले दिए गतिलो जवाफ !!!


काठमाण्डु, १२ चैत– मधेसवादी दलले दिएको धम्कीलाई व्यवास्था गर्दै एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई गतिलो जवाफ दिएका छन् ।

बिहीबार मधेस केन्द्रीत दलले प्रचण्डलाई मधेस प्रवेशमा रोक लगाउने घोषणा गरेता पनि शुक्रबार मधेस गएर उनीहरुकै अघि उभिँदै प्रचण्डले उनीहरुलाई जवाफ दिएका हुन् ।

दोश्रो वीरगञ्ज महोत्सव उद्घाटनका लागि प्रचण्ड मधेस छिर्ने सुइको पाएका मधेसवादी दलका युवा गठबन्धनले बिहीबार वीरगञ्ज घण्टाघरमा प्रदर्शन गर्दै प्रचण्डलाई मधेस नआउन चेतावनी दिए । तर प्रचण्ड उनीहरुको चेतावनीबाट नडराई वीरगञ्ज पुगे र महोत्सवको उद्घाटन गरे ।
उनलाई मधेस विरोधी संविधान जारी गर्ने काममा अगुवाई गरेको भन्दै मधेस केन्द्रीत दलले मधेस छिर्न नदिने बताएका थिए ।

चेतावनीलाई वेवास्था गर्दै मधेस छिरेका प्रचण्डविरोधी नाराबाजी गर्दा मधेसी दलका कार्यकर्ता उल्टै प्रहरीद्धारा पक्राउ पर्नुपर्यो । तर उनीहरुको विरोध प्रदर्शनले प्रचण्डको कार्यक्रममा कुनै असर पारेन ।
Loading...