Loading...
कपन बस्ने २० वर्षीय भेनिसा लिम्बुको एक महिनाअघि फागुन १४ मा भक्तपुरको नगरकोटमा मृत अवस्था शव फेला परेको थियो ।
उनको हत्यामा संलग्न काठमाडौं बौद्धका शनि लामा, सजित लामा र मोरङ पथरी घर भई थलीमा बस्दै आएका राजन राईलाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार सार्वजनिक गरेको हो ।
महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले राजन राई र भेनिसाबीच फेसबुकबाट चिनजान भएको सम्बन्ध निकै प्रगाढ भएपछि यस्तो घटना हुन पुगेको बताए ।
उनले भने- ‘राजन राई र मृतक भेनिसाबीच तीन महिनाअघि मात्र फेसबुकमार्फत चिनजान भएको रहेछ । गत फागुन ८ गते दिउँसो बौद्ध गेटमा राजन राई र भेनिसाबीच भेट भएको थियो । भेट हुँदा उनको हत्यामा संलग्न अरु दुई जना पनि सँगै थिए । पछि राजनले भेनिसालाई फोनबाट बोलाएर लाजिम्पाट लगे । जहाँ उनको साथीको अपार्टमेन्ट थियो । अपार्टमेन्टमा राजन र भेनिसा पुग्दा शनि, सजित र अर्का एक जना पनि कोठामा थिए । उनीहरुले रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरे । भेनिसासहित पाँच जना नै नशामा लठ्ठ थिए । त्यसपछि राजनसँग भेनिसाले सहमतिमै यौनसम्पर्क राखेकी थिईन् । त्यसपछि त्यहाँ रहेका तीन जना साथीले पनि यौनसम्पर्क गर्न खोजे । नमानेपछि हत्या गरे ।’
एसएसपी खनालका अनुसार भेनिसाले यौनसम्पर्क गर्न नमानेपछि पहिला बाथरुममा धकेलाधकेल भएको र उनी झ्यालबाट खसेकी थिईन् । ‘झ्यालबाट खसेपछि उनको त्यही मृत्यु भयो । त्यसपछि उनीहरुले गाडीमा राखेर भक्तपुरमा लगेर राति १ बजेतिर फालेका रहेछन्,’ एसएसपी खनालले भने ।
अनुसन्धानबाट खुल्न आएका कुराहरु
- राजन राई र मृतक भेनिशा लिम्बु करिब ३ महिना अघिदेखी Facebook मा साथी बनेको र मिति २०७२/११/०८ गते दिउँसो अं.१५:०० बजे बौद्द गेटमा राजन राई र भेनिशा लिम्बुको भेट भएको । भेट हुँदा सनी लामा ,सजित लामा र अर्को १ जना नाम थर वतन नखुलाईएको व्यक्ति (हाल फरार ) समेत सँगै रहेका ।
- अं.१८:०० बजेसम्म सबै जना सल्लाह गरी रमाईलो गर्ने भनि ठमेलतिर गई Hard rock रेष्टुरेण्टमा गई करिब ४/५ वटा वियर खाई अं. ११:०० बजेसम्म मृतक भेनिशा लिम्बुलाई रक्सी खुवाई लठ्ठ बनाई सामान्य अश्लील क्रियाकलाप समेत गरी बसेको ।
- अं.१८:१० बजेको समयमा उक्त फरार व्यक्तिको गाडीमा राजन राई र सजित लामा समेतका सबैजना बाहिर निस्केको र बौद्द गेटमा पुगेपछी राजन राई र सजित लामा गाडीबाट झरी मृतक भेनिशा लिम्वुलाई सनि लामा र अपरिचित व्यक्तिको जिम्मा लगाई छाडिदिएको ।
- त्यसपछि उक्त फरार व्यक्तिले सनी लामा र भेनिशा लिम्वुलाई आफ्नो अपार्टमेन्टमा लगेको । उक्त अपार्टमेन्टको छैंटौ तलामा रहेको कोठामा सन्नी र मृतक भेनिषा लिम्वुले थप १ बोतल बियर खाई सनी लामा र मृतक भेनिषा लिम्वुलाई एउटा कोठामा सुताई आफु अर्को कोठामा बसेकोमा सन्नी लामा र मृतक भेनिषा लिम्वु बिच सहमतीमा शारिरिक सम्पर्क समेत भएको ।
- केहीबेर पछी उक्त अपरिचित व्यक्तिले सनी लामा र मृतक भेनिषा लिम्वु बसेको कोठामा गई बाहिरबाट ढोका खोल्न भने पछी सनी लामाले ढोका खोलेको र उक्त व्यक्तिले भेनिशा लिम्बुलाई करणी गर्ने मनशायले सन्नी लामालाई कोठा बाहिर जान आग्रह गरे पछी निज फरार व्यक्ति र सनी लामा बिच सामान्य विवाद समेत भएको ।
- उक्त व्यक्तिले जवर्जस्ती गर्न खोजेपछी भेनिशा लिम्बु ट्वाईलेटभित्र पसेको देखी उक्त फरार व्यक्तिले भेनिशसँग ट्वाईलेटमानै जवरजस्ती गर्न खोजेको भेनिशा लिम्बुले नमाने पछी भेनिशा लिम्बुलाई उक्त अपार्टमेन्टको छैटौं तलाबाट धकाली भुईमा खसाली दिएको ।
- घाईते भेनिशा लिम्बुलाई हाल फरार व्यक्तिले गाडीमा राखी अस्पताल नलगी अन्तत्रै घुमाएको । केही समयपछि भेनिशा लिम्बुले कुनै प्रतिक्रिया नजनाएपछी मरीछ भनि भेनिशाको लाशलाई भक्तपुर नगरकोट नगरपालिका-११ मनपोखरी सडक नजिकै पुर्याई उक्त फरार व्यक्ति र सनी लामा समेतको सहयोगमा बाँसको झ्याङमा छोप छाप पारी लाशलाई लुकाई फर्केको ।
- भेनिशाको लाशलाई लुकाई सके पछी उक्त फरार व्यक्तिले सनी लामालाई मिति २०७२/११/१५ गते विहान अं.०३:०० बजे तिर घरमा छाडिदिएको ।
- मिति २०७२/११/१५ गते विहान ०५:०० बजे पुन: उक्त फरार व्यक्तिले सनी लामाको घरमा आई मोबाईल स्वीच अफ गरी बस्न लगाई १०:०० बजेतिर लिन आउने कुरा गरेको तर फर्केर नआएको ।
- पछि फेरी निजको घरमा खोज्न जाँदा पनि घरमा नभेटे पछी सनी लामा र राजन राई भारत र नेपालको सिमा क्षेत्रमा गई लुकिछिपी बसेको ।
- अनुसन्धान पश्चात् घटनामा संलग्न प्रतिबादीहरुलाई मिति २०७२/१२/१० गते यस महाशाखाबाट खटिएको प्रहरी टोलीले जि.सर्लाही त्रिभुवननगर गा.वि.स-१ बाट पक्राउ गरी मिति २०७२/१२/११ गते अन्य कानुनी कारवाहीको लागी महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाईएको ।
Loading...

Social Buttons