Loading...
काठमाडौं, ११ चैत । शाही युवा शक्ति नेपालले आगामी जेठ १५ गते भित्रमा राजतन्त्र पुनःस्थापित गर्ने लक्ष्यसहित आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सस्थाले राजतन्त्र पुनःस्थापनाको लागि राजधानी केन्द्रित सडक संघर्षको घोषणा गरेको हो । जसको सुरुवात आगामी चैत्रत १२ गते राजधानीमा गणतन्त्रका विरुद्ध र राजतन्त्र पुनर्बहालीको पक्षमा विरोधसभा गरेर हुनेछ । सो दिन ३ बजे न्यूरोड पिपलबोटमा भेला भएर विरोध सभा गरिनेछ ।
पत्रकार सम्मेलनमा सस्थाका अध्यक्ष पशुपति खड्काले गणतन्त्र विदेशीले लादेको एजेण्डा भएको भन्दै त्यसलाई कुनै पनि हालतमा विस्थापित गरे नेपाली माटो सुहाउँदो राजसंस्थाको पुर्नस्थापनाको लागि आफूहरू कुनै पनि बलिदानी दिन तयार रहेको स्पष्ट पार्दै आवश्यक परे हतियार उठाउने घोषणा गरे ।
उनले भने, ‘जनआन्दोलनको एजेण्डा अर्कै थियो । जवरजस्ती जनभावना विपरित गणतन्त्र ल्याइयो । यसले एउटा द्वन्द्वको अन्त्यको नाममा अर्को द्वन्द्वको वीउ रोपेको छ । नेपालको माटो सुहाउँदो ब्यवस्था भनेको राजासहितको प्रजातन्त्र हो । त्यसको स्थापनाकोलागि हामी जस्तो सुकै बलिदान दिन पनि तयार छौं ।’
उनले थपे, ‘मरिसकेको संसदीय ब्यवस्था त पुर्नस्थापना भयो भने राजतन्त्रत अहिले मुर्छित भएको, निदाएको र ईन्जेक्सन लगाएर बेहोस बनाएको अवस्थामा मात्रै छ । पुर्नस्थापना हुन्छ हुन्छ ।’
महासचिव कृष्ण थापाले चैत्र १२ गतेको विरोधसभापछि जेठ १५ भित्र राजतन्त्र पुर्नस्थापना गर्ने गरी जनमत तयार गर्न राजधानी केन्द्रीत कार्यक्रमलाई तिब्रता दिन लागेको जानकारी दिदै राजतन्त्रलाई पाँखा लगाएर निर्माण गरिएको संविधान कार्यान्वयन हुनै नसक्ने ठोकुवा समेत गरे ।
Loading...
Social Buttons