Latest News

नेपाल–चीनबीच १५ बुँदे संयुक्त विज्ञप्तिः इन्धन बेच्न र रेल्वेमा सहयोग गर्न चीन सहमत भारतलाई रुनु न हास्नु बनायो

kp oli china visitकाठमाण्डु, १० चैत– नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै चीनले नेपालमा इन्धन बिक्री गर्ने र रेल्वेमा सहयोग गर्ने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण्का क्रममा जारी भएको संयुक्त विज्ञप्तिमा चीनले नेपालमा जारी भएको संविधानलाई स्वागत गरेको छ । नेपालले पनि एक चीन नीतिका पक्षमा रहेको प्रष्ट्याएका छ ।
नेपाललाई इन्धन बिक्री गर्ने सम्बन्धमा मूल्य, कर, ढुवानी, गुणस्तर नियन्त्रण र भन्सारबारे छलफल गरेर निर्णयमा पुग्ने जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल र चीनबीच इन्धन व्यापार गर्ने सम्बन्धी समझदारी यसअघि नै भइसकेको छ । समझदारीमा नेपालले चीनसँग मागको ३३ प्रतिशत इन्धन किन्ने समझदारी गरेको छ ।
बुधबार जारी भएको विज्ञप्तिमा इन्धन भण्डारण निर्माणका लागि दुवै पक्ष तयार रहेको, नेपालमा ग्यास र तेलको सम्भाव्यता अध्ययनमा चीनले सघाउने, नेपालमा रसुवागढी–काठमाण्डु, काठमाण्डु–पोखरा–लुम्बिनी रेल्वेको डिपिआरका लागि चीनले अािर्थक र प्राविधिक सहयोग गर्ने उल्लेख गरेको छ ।
त्यस्तै अरुण किमाथांक जलविद्युत, रसुवागढी–केरुङ चार सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइन, काठमाण्डु–खाँदवारी–धनकुटा रोड दुई लेखको बनाउन सम्भाव्यता अध्ययन तथा डिपिआरमा चीनले सघाउने भएको छ ।
१५ बुँदे विज्ञप्तिमा क्रस बोर्डर इकोनोमिक जोन बनाउने, अन्य भन्सार नाकाहरु खोल्दै जाने, हालैसम्पन्न पारवहन सम्झौता कार्यान्वयन तथा सीमा व्यवस्थापनक ालागि छलफल गर्न दुवै मुलुक सहमत छन् भनिएको छ । चीनले २०१६ देखि २०१८ सम्ममा खर्च गर्ने गरी नेपाललाई विभिन्न परियोजनाका लागि ५० खर्ब रुपैया सहयोग गर्ने उल्लेख छ ।

Loading...