Latest News

भोजपुरको हसनपुरमा लागेकाे आगो नियन्त्रणमा अाउन सकेन, अागाे गाउँमा पस्न थाल्याे !!!

  फोटोः एक्सन राई हसनपुर  । भोजपुरकाे सुदुरदक्षिण हसनपुरमा लगातार एक हप्तादेखि आगो लागेपछि स्थानीयवासी आतंकित भएका छन् । हसन्पुर गा.वि.स वडा नंं. ६,७, र ८ काे साम्रुदायिक वनमा अागाे लागेकाे हाे ।
वडा न. ७ को कात्तिके, रमिते, टोड्के, छत्तिवानेमा अागलागी हुदाँ त्यस वडाका ३२ घर पुर्ण जोखिम परेकाे  स्थाानीयवासी लक्ष्मी राईले बताइन् । जंगलमा लागेको आगो गाउँ पस्न थालेपछि स्थानियबासीहरू तीन दिनदेखि आगो नियन्त्रण गर्नको गाउँले लागीपरेकाे छन्र ।
स्थानियबासीले आगो नियन्त्रण गर्न तीन देखि लागी परे पनि आगो नियन्त्रणमा अाउन नसकेकाे स्थानीय राई भनाइ छ । आगो बस्ती पस्न लागेपछि, स्थानियबासी आफ्नो घर तथा घरम रहेकाे सामाग्री अन्यत्र सार्न थालेकाे छ ।
यस अघि हसनपुर गाविसकै वडा नं. ४ काे  कोल्टार माथिको जंगलमा आगलागी हुदाँ एक सय बढी स्थानियबासीले आगोलाई २ दिन लगाएर नियन्त्रण गरेको थियाे ।
Loading...