Loading...
खुमबहादुर खड्काले बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिदैँ नयाँ संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउने घोषणा गरेका हुन् । हिन्दू राष्ट्र बनाउन उनले निरन्तर आन्दोलनको नेतृत्व गर्दै आउनु भएको छ ।
अहिलेको संबिधान अनुसार नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । जनताको चाहना विपरित नेपाललाई धर्मनिरपेक्ष बनाएर नेताहरुले हिन्दूहरुको अपमान गरेको भन्दै यसको बदला जनताले लिएरै छाड्ने खड्काले बताएका थिए ।
उनले भने( धर्मनिरपेक्षमा जनताको म्यान्डेड छैन् । जनताको मागमा जाऔं । हाम्रो पार्टि नेपाली कांग्रेसमा छलफल भएकै छैन् । जनमत संग्रहमा जाऔं । हिन्दूत्वको विषयमा ठूलो विवाद छ । जनमतबाट टुंगो लाउनुपर्छ । ९४ प्रतिशत हिन्दूहरु भएको देशमा धर्म निरपेक्षता लाद्नु भनेको हिन्दूहरुको अपमान हो । अब जनताले यसको हिसाबकिताब गर्छन् ।’
उनले हिन्दूराष्ट्रमा फर्काउने आफ्नो पहिलेदेखिको एजेण्डा भएको भन्दै यो एजेण्डालाई पार्टी केन्द्रीय समिति बैठकमा उठाउने र महासमितिबाट पास गराउने बताए । ‘पार्टीको केन्द्रीय कमिटिमा छलफल गराउने समेत बताएका छन् । यो एजेण्डा कांग्रेसबाट पास हुन्छ । त्यसपछि संविधान संशोधन गरेर नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्छ, हुन्छ ।
उनले आफू संघीयताको पक्षमा नरहेको स्पष्ट पार्दै पार्टीले स्वीकार गरेकाले बाध्य भएको समेत बताएका छन् । ‘संघीयतामा मेरो विमति छ । तर, पार्टीले स्वीकार गरेपछि चुप लागेको छु । आज संघीयताको कारणले देश कहाँ पुग्यो ।
लक्षणहरु अहिले के देखिएका छन्’ उनले प्रतिप्रश्न गरेका छन् । नेपाल गणतन्त्र हिन्दू राष्ट्र हुन्छ । राजसंस्थाका विषयमा भने केही बोलेनन् । आफु पहिले देखि गणतन्त्रबादी भएको पनि उनले प्रष्ट्याएका थिए ।
फरक प्रसंगमा उनले आफू भ्रष्टचारी भएको भन्दै सर्वोच्च मान राख्न सजाय पुरा गरेको बताए । ‘मेरो घर हेर्नुस् । दाङका हरेक मान्छेलाई सोध्नुस् । मेरो मुद्दामा अख्तियारले दाबी नगरेको कुरा न्ययाधिशले बोले ।
त्यो फैसला संविधान र ऐनकानुनको विपरित थियो । तर, सर्वोच्च मान राख्न सजाय काटेको हुँ । मलाई कसैले भनोस् खुमबहादुरले मेरो पैसा खायो भनेर । कोही छ माइकालाल रु’ उनले रन्किदै भने ।
Loading...
Social Buttons