Loading...
क्वालालम्पुर, २७ फागुन । मलेसिया प्रहरीको हिरासतमा रहेका जाजरकोटका राम बहादुर बस्नेतलाई उद्धार गरिदिन परिवारजनले सबैमा अपील गरेको छ ।
जाजरकोट साल्मा ५ सोडरीमा खेतीपाती गर्ने बस्नेतका बाबु र आमाले छोराको उद्धारका लागि पहल गरिदिन अपील गरेका हुन् ।
कमाउन भनेर मलेसिया गएको छोरो अचानक प्रहरीको फन्दामा परेपछि बस्नेत परिवार चिन्तित बन्न पुगेको हो । २१ बर्षीय बस्नेत गत जनवरी १० तारिखमा पक्राउ परेका हुन् । काजाङको कुसुम भन्ने ठाउंबाट पक्राउ परेका बस्नेतलाई स्थानीय महिलामाथि अभद्र ब्यबहार गरेको आरोप लगाईएको उनीसंगै काम गर्ने गोपाल थापाले जानकारी दिए ।
मदिरा लागेर ज्यान धान्न नसकेका बस्नेत महिलासंग ठोक्किन पुग्दा यस्तो आरोप खेप्नु परेको प्रत्यक्षदर्शी थापा बताउंछन । भाई पक्राउ परेको दुई महिना भैसक्यो, कहां छ उ माथि कस्तो मुददा लगाईएको छ वा के हुँदैछ भन्नेबारे आफूहरुलाई केही थाहा नभएको घरमै रहेका दाजु दिपक बस्नेतले बताए ।
राम बहादुर सेलाङगर राज्यको एलबि आल्मुनियम कम्पनिमा काम गर्दथे । बस्नेतको तीन बर्ष पुरा हुन तीन महिनामात्र बांकी हुँदा उनी पक्राउ परेका हुन् । बस्नेतलाइ प्रहरीले कहाँ कस्तो अबस्थामा राखेको छ भन्नेबारेमा कम्पनीले समेत चासो दिएको छैन ।
राम बहादुर कसरी पक्राउ परे ?
पक्राउ छुट्टिको दिन जनवरी १० तारिखमा साथीभाईसंगै बाहिर निस्केका बस्नेत मदिरा सेवन गर्न पुगे । होस्टल फर्कने क्रममा स्थानीय एक महिलासंग बाटोमा भेट भयो । ज्यान धान्न नसकी रहेका बस्नेत डिजी सिमकार्ड बिक्री गर्दै हिडेकी तिनै स्थानीय महिलासंग ठोक्किन पुगे । संगै रहेका अन्य साथीहरुले महिलासंग माफी मागे तर उनी मानिनन् । उनले प्रहरीमा खबर गरिन, प्रहरी आएर बस्नेतलाई लग्यो । यस बाहेक संगैकाम गर्ने साथीहरुसंग पनि अन्य कुनै जानकारी छैन् । महिलाले प्रहरी समक्ष आफूमाथि बलात्कारको प्रयास गरिएको आरोप लगाएकी छिन् ।

Social Buttons