Loading...
काठमाडौं, १२ चैत । फेसबुकमा तीन महिनाअघि चिनजान भएका राजन राईसँग कपनकी भेनिसा लिम्बूको च्याटमा मात्र कुरा हुँदै आएको थियो । राईले ८ फागुनमा लिम्बूलाई फोन गर्दै भेट्ने प्रस्ताव राखे ।
लिम्बूले भेट्न बौद्धमा बोलाइन् । तीनजना साथीसहित राई गाडीमा लिम्बूलाई भेट्न बौद्धगेटमा पुगे । ठमेलमा गएर केही समय रमाइलो गर्ने राईको प्रस्ताव स्विकार्दै लिम्बू गाडीमा बसिन् ।
लाइभ म्युजिक हुने ठमेलको हार्ड रक रेस्टुरेन्टमा गएर उनीहरूले बियर खाँदै रमाइलो गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
करिब पाँच बजे ठमेल पुगेकोमा ११ बजेसम्म उनीहरू त्यहाँ बसे । भेनिसाले पनि बियर पिइन् । सबैले मात्तिने गरी बियर पिएको प्रहरीले जनाएको छ ।
रेस्टुरेन्टमै राईसहित उनका साथीहरूले भेनिसामाथि अश्लील क्रियाकलाप गरेका थिए ।
लाजिम्पाटको हिटटेक अपार्टमेन्टको छैटौँ तलामा मासिक ५० हजार तिरेर गाडीधनी युवकले फ्लाट भाडामा लिएका थिए । बौद्धमा घर भए पनि ती युवकले जुवातास खेल्न र अवैध गतिविधि गर्न उनले फ्लाट भाडामा लिएको प्रहरीको भनाइ छ ।
अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार छोटो भेटमा भेनिसासँग सनी निकट भइसकेका थिए ।
उनीहरू एउटा कोठामा बसे । सहमतिमै दुईजनाबीच शारीरिक सम्बन्ध पनि भयो ।
रातको करिब १२ बजे फ्लाटका धनी युवक पनि भेनिसासँग सम्बन्ध राख्न कोठामा पुगेको, तर भेनिसाले नमानेको प्रहरीले जनाएको छ ।
ती युवकले जबर्जस्ती गर्न खोजेपछि भेनिसा भागेर बाथरुम पुगिन् । बाथरुमभित्रै पसेर जबर्जस्ती गर्न खोज्दा नमानेपछि युवकले भेनिसालाई बाथरुमको झ्यालबाट धकेलिदिएको प्रहरीले जनाएको छ ।
भेनिसा ६ तलामुनि भुइँमा खसिन् । सनी र अर्का युवक तल आएर भेनिसालाई गाडीमा राखे । उनी बेहोस अवस्थामा थिइन् ।
केही समयपछि उनको होस आयो । तर, अस्पताल नपुराई त्यत्तिकै घुमाइरहे ।
उनले पानी मागिन् र एक बोतल पानी पिइन्। पानी पिएसँगै सनीको काखमा बान्ता गरिन् । त्यसपछि उनी नउठेको प्रहरीको भनाइ छ ।
Loading...
Social Buttons