Loading...
जोहोरवारु राज्यमा अबस्थित इको शप मार्केटिङमा भएको आगलागीमा यति ठूलो संख्यामा राहदानी जलेर नष्ट भएका हुन् । कम्पनीका नेपाली सुपरभाईजर शैलेन्द्र चौधरीले ४ सय ८ जना नेपाली कामदारको राहदान सबै जलेर नष्ट भएको जानकारी दिए ।
आगलागीका क्रममा मानवीय क्षति भने भएको थिएन । राहदानी आगलागीमा परेर जलेपछि ती नेपाली कामदारहरूलाई ठूलो चुनौति थपिएको एक कामदारले बताए ।
सो कम्पनीमा ४ सय १५ जना नेपाली कामदार छन् । आगलागीमा सात जनाको राहदानी काम विषेशले कम्पनी बाहिर लगिएकोले सुरक्षित रहेका छन् ।
Malesiya ma aago nepali kamdarआगलागीपछि अहिलेसम्म नेपाली कामदार खाली बस्न बाध्य छन् । नेपाली कामदार बस्ने १६ वटा होस्टल समेत जलेर क्षतिग्रस्त भएका छन् । अहिले नेपाली कामदारहरूलाई खानबस्नसमेत समस्या रहेको सुपरभाइजर चौधरीले बताए ।
कम्पनी प्रशासनले सबै कामदारको भिसा तथा पासपोर्टको बस्दोबस्त गरिदिने आश्वासन दिएको छ ।
४३ जना कामदारको साथमा राहदानीको प्रतिलिपी छैन । कसैको नागरिकता पनि नहरेकाले राहदान बनाउन कठिानाइ हुने देखिएको छ ।
राहदानी जलेर नष्ट भएका नेपाली कामदारहरूले आफूहरू समस्यामा रहेको भन्दै मलेसियामा रहेको नेपाली राजदूतावासमा सहयोगको अपील पनि गरेका छन् ।
आगलागी भएको यो शेयर मार्केट मलेसियामा राम्रो नाम चलेको कम्पनीमा पर्छ । आगलागी विद्युत् सर्ट भएको लागेको स्थानीय प्रहरीले जनाएको छ ।
Loading...
Social Buttons