Latest News

असुरक्षित यौन व्यवहारबाट सर्ने खतरनाक यौनरोग सिफिलिस..!!


असुरक्षित यौन व्यवहार गर्नु भएको त छैन् यदि छ भने सावधान तपाईलाई पनि सिफलिस रोग लाग्ला है । असुरक्षित यौन सम्पर्कका कारण फैलिने यो रोग महिला तथा पुरुष दुबैलाई हुन सक्छ । यो रोग अति पुरानो समयदेखि भएको रोग हो जुन रोग विश्वभरी नै भेटिन्छ । यो रोग नेपालमा कहिलेदेखि भित्रियो भन्ने कुनै एकिन नभएपनि धेरै पहिलेदेखि नै यो समस्या भएको अनुमान विभिन्न क्षेत्रमा गर्ने गरेको पाईन्छ । नेपालमा पनि यो समस्या धेरैलाई भएको भेटिन्छ ।






यो रोगको जीवाणु सर्बप्रथम१९०५ मा युरोप साउदिन तथा हाफमान भन्ने बैज्ञानिकले पत्ता लगाएका हुन यो समस्या एउटा यस्तो समस्या हो जसले शरीरको एक ठाउँबाट सुरु भई अर्को ठाउँसम्म जस्तै मुटु , कलेजो तथा मस्तिष्कलाई समेत असर पार्दछ र घातक रुप लिन्छ यसले । सिफिलिसको जीवाणु जब यौन व्यवहार वा अन्य माध्यमबाट शरीरमा प्रवेश गर्छ तब ट्रपोनेमा पालिडियमको संक्रमण हुन्छ तब मानिसमा सिफिलिसको समस्या देखा पर्दछ । यो रोगलाई सियो बनेर पस्ने मुसल बनेर निस्कने रोगको रुपमा पनि लिने गरिन्छ । यस्तो भन्नुको मतलब सुरुमा सामान्य लक्षण बनेर प्रवेश गरेको जीवाणुले पछि गएर मुख्य अंगहरुमा जटिलता उत्पन्न गराउँछ ।
वास्तवमा भन्ने हो भने हाम्रो समाजमा यौन रोग भनेपछि घृणाको दृष्टिकोणले हेर्ने, प्रचलनले गर्दा यो रोगको संक्रमण झनपछि झन विकाराल रुपमा बढन थालेको हो । यो समस्या हाम्रो देश नेपालमा मा मात्र होइन अन्य विकसित र अल्पविकसित मुलुकहरुको हकमा पनि यो समस्या टट्कारो रुपमा रहेको छ । यो रोगलाई समयमै ध्यान दिन सकेको खण्डमा लाज मानेर रोगका अझ नपालेर समयमा सम्बन्धित चिकित्सकहरुको सल्लाह अनुसार उपचार पद्धति अपनाउन सके यसको नियन्त्रण धेरै हदसम्म गर्न सकिने कुरा दुइमत । रहेको अनुसन्धान कर्ताहरु बताउँछन ।
सिफिलिस रोग जसलाई पनि हुनसक्छ यो रोगका जीवाणुहरु शरीरमा प्रवेश गरिसकेपछि यसले जो सुकैलाई पनि संक्रमण गर्न सक्छ । यो रोगले नत धनी भन्छ, नत गरिब, न सानो उमेर न ठूलो उमेर जो सुकैलाई पनि यसको संक्रमण हुन सक्छ । यो रोग बिशेष गरी असुरक्षित यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सहज रुपमा सर्न सक्छ भने यो रो सर्ने अन्यकारणहरु पनि हुनसक्छन् । सिफिलिस खास गरेर सिपरिल्ला जातिको जीवाणु हो जसलाई स्पिरोचटा पेलिडा वा ट्रेपोनेमा पालिडम भनिन्छ । यसको संक्रमण भएपछि मानिसमा समस्या सुरु हुन थाल्छ । यसको जीवाणुलाई मानिसको नाङ्गो आँखाले देख्न नसकिने हुँदा माइक्रोस्कोपको सहायताले हेर्न सकिन्छ । यसरी हेर्दा यसको आकार सर्पजस्तो बाङ्गोटिङ्गो आकारको शरीरमा ६ देखि १२ मोडसम्म देखिन्छ । यो रोगका जीवाणुहरु मानिसको शरीरमा धेरै दिनसम्म बाँच्न सक्छन् र बाहिर धेरै समयसम्म बाँच्न सक्दैनन् । धेरै चिसो वा धेरै तातो समयमा यी जीवाणुहरु मर्दछन् । यसका जीवाणु एउटा रोगी व्यक्तिबाट अर्को रोगी व्यक्तिमा विभिन्न माध्यमबाट सर्ने गर्छ । जसलाई निम्न अनुसार तल उल्लेख गरिएको छ ।
क) असुरक्षित यौन सम्पर्क ःएक वा एक भन्दा बढी व्यक्तिहरुसँगको असुरक्षित यौन व्यवहारका कारण यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहज रुपमा सर्छ ।
ख) छाला वा बाह्य कारणः यो रोग विशेष गरी असुरक्षित यौन सम्पर्कबाट सर्ने भनिए पनि अन्य कारणले पनि सर्ने गर्दछ । जस्तै मुख मैथुन, ओंठमा चुम्मन, गुदद्धार मैथुन र हस्तमैथुन जस्ता कारणबाट पनि यो सजिलै सर्न सक्छ त्यत्ति मात्र हैन परिक्षण गर्दा सावधानी नअपनाएमा चिकित्सकहरुलाई पनि यो रोग सर्न सक्छ ।
ग) संक्रमित रगत दिंदाः यो रोगका जीवाणुहरु भएको रगत लिंदा वा अरुले प्रयोग गरेका सुइ सिरिन्जहरु निर्मलीकरण नगरी अर्काले प्रयोग गर्दा समेत यो रोगको संक्रमण हुन सक्छ ।
घ) प्रयोग गरिने बस्तुहरुबाट ः यो रोगको व्यक्तिले प्रयोग गर्ने बस्तुहरु जस्तैः भित्री कपडाहरु, पेन्टी, पेटीकोट, स्वीमिङ कस्टम आदिबाट पनि यसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन सक्छ । त्यत्ति मात्र होइन यो रोग रोगीले प्रयोग गरेका भाडाकुडाहरुबाट पनि न्यून रुपमा सर्न सक्छ ।
यो रोगका जीवाणुहरुको संक्रमण भएपछि व्यक्तिमा यसको संक्रमणका लक्षणहरु देखि थाल्छन् व्यक्तिमा रोगका जीवाणु प्रवेश गरेको डेढ हप्ता देखि तीन महिनासम्ममा यो रोगका लक्षहरु देखा पर्न थाल्छन् । यस रोगका लक्षणहरुलाई चिकित्सा विज्ञानले रोगको गम्भीरतालाई हेरेर विभिन्न तीन भागमा विभाजन गरेको देखिन्छ ।
क) प्राथमिक अवस्थाको सिफिलिसः यो अवस्थामा रोगका जीवाणु शरीरमा प्रवेश गरेको डेढदेखि पाँच हप्तापछि मात्र विभिन्न लक्षण तथा चिन्हहरु देखा पर्न थाल्छन् । यौनाङ्गमा छालाको भित्रपट्टी नदुख्ने , नचिलाउने छाम्दा कडा खालको खटिरा आउनु , एउटा मात्र खटिरा आउने,पानीको फोक्का जस्तो, वा डण्डिफोरको फोक्का जस्तो देखिन्छ । पुरुष लिङ्गको अगाडी मासुमुण्ड वा यौनाङ्ग ढाक्ने छालामा आउछ भने महिलाहरुमा यो खटिरा भंगोष्ठ वा पाठेघरको मुखमा आउने गर्दछ । कहिले काही यो खटिरा मुख वा मलद्धारमा पनि आउन सक्छ । केही दिनपछि यो खटिरा रातो भएर जान्छ यसको छेउको भाग उठेको जस्तो देखिन्छ । केही दिनमै फुटछ र खटिराको माथिको भाग फुटछ र नदुख्ने घाउ बन्दछ , तिग्रातिरको दुबै काप वा काँछको लिम्फ ग्रन्थी बढछ, तर यो दुख्ने वा अप्ठयारो हुने खालको हुदैन् । हल्का ज्वरो आउछ,घाँटी दुख्छ, यो अवस्थामा उपचार गरेपनि नगरेपनि आफसे आप निको भएको हुन्छ । तर घाउ ठीक हुदैमा सिफिलिस निको हुदैन बरु दबेर झन बढेको हुन्छ । यो अवस्थामा रोग निको भएको भ्रममा पर्दछन् ।
ख) माध्यमिक अवस्थाको सिफिलिसः पहिलो अवस्था पार गरेको १ देखि ६ महिनापछि यो चरणको अवस्था सुरु हुन्छ , यो अवस्थामा रोगका जीवाणुहरु रगत भित्र प्रवेश गरेर विष उत्पादन गर्न सक्रिय भएका हुन्छन, यतिवेला रोगी छालामा राता राता दागहरु देखिन्छन्, यतिखेर पनि दुख्ने र चिलाउने नहुन सक्छ, राता दागहरु तामा जस्तो खैरो रङ्गमा देखिन्छन् ,देखिएका दागहरु पछि गएर घाउमा परिवर्तन हुन्छन, शरीरका ग्रन्थीहरु कडा भएर सुनिन्ने र नदुख्ने हुन्छ काँछका गिख्र्राहरुपछि गए फुटेर पिप निस्कने हुन्छ । शरीरका रौहरु झर्न थाल्छन् , कलेजो, फियो जस्ता अंगहरु बढ्न थाल्छन् । मलद्धारमा संक्रमण भई छालामा नयाँ पत्र हुनु , आँखा सुनिन्नु, चिप्रा धेरै बस्नु देख्ने शक्तिमा कमजोर हुनु जस्ता लक्षणहरु देखिन्छन् । यो अवस्थामा आइ पुग्दासम्म समयमै उपचार गरे यो रोग निको हुन्छ अन्यथा झन जटिलतामा पु¥याउछ ।
ग) सिफिलिसको उच्च अवस्थाः यो अवस्था सबै भन्दा जटिल अवस्था हो यो अवस्थामा रोमगका जीवाणुहरु रगतको माध्यमबाट मस्तिष्क, मुटु, हाड तथा मांसपेशीमा प्रवेश गर्दछ । साना सना रक्त नलीहरु र धमनी सुनिन्नएर रक्त संचार नै बन्द भई कोषिका र तन्तुहरु मरेर जान्छन् । यो रोगकाको संक्रमण भएको ४ र ५ वर्षपछि सिफिलिसको यस्तो खालको विकसित अवस्था हुन्छ बाङगा टिङगा आकारका घाउहरु हुने कलेजो, मुटु हाड, मुत्र प्रणली जस्ता जननेद्र्रियहरुमा समस्या देखिन्छ , ग्रिर्खाहरु फुटेर घाउहरु बन्छन् ,यो रोग बढदै गइ मस्तिष्कमा असर पार्छ र रोगी पागलपनको शिकार समेत बन्न सक्छ । त्यसकारण यो रागबाट बच्नका लागि असुरक्षित यौन सम्पर्क नगर्ने, यौनसाथी प्रति बफादारी बन्ने, रगत लिंदा जाँचेको रगत मात्र लिने, अरुले प्रयोग गरेका भित्रि कपडाहरुको प्रयोग नगर्ने, अरुले प्रयोग गरेका सुई सिरीन्जहरु निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने जस्जा कुराहरुमा ध्यान दिन सकियो भने यो रोगबाट तपाई पनि बच्न सक्नु हुन्छ र तपाईको परिवारलाई पनि बचाउन सकिन्छ । यसका लागि सबै सचेत हुन जरुरी छ ।
Loading...