Loading...
भारतको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले पत्रकार सम्मेलन गरी नेपाल र चीनबीच भएको सम्झौताले भारतलाई कुनै असर नगर्ने संकेत गरेका छन् । उनले भनेका छन्- नेपालसँगको रहिआएको भारतको बिशिष्ट सम्बन्धको नक्कल अरु कसैले गर्न सक्दैन, यो आफैंमा उदाहरणीय छ ।’
नेपालमा भारतको भाग कसैले खोस्न नसक्ने भन्दै ‘ऐतिहासिक र जनस्तरको सम्बन्धका अगाडि अरु कुनै देशसँगको सम्बन्ध वा समझदारीलाई तुलना गर्नै मिल्दैन’ भनेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा १० बुँदे सम्झौता गरेपछि भारतका चुनौति के हुन भनेर सोधिएको प्रश्नमा प्रवक्ता स्वरुपले ‘नेपालसँग कायम रहेको खुला सिमानाको सम्बन्ध, इतिहासको साझेदारी, संस्कृति र सभ्यताको समानता तथा जनस्तरको साइनो सधैं अतुलनीय छ । प्रधानमन्त्री ओलीको एक महिना अघिको दिल्ली भ्रमणले पनि यो बिशिष्ट सम्बन्धको तहलाई स्पष्ट पारिसकेकाले अरुसँग तुलना नगरौं ।’
त्यसक्रममा उनले भारतले नेपालमा गरिरहेको विकास परियोजनाबारे विफ्रिङ गरेका थिए । सोमबार मात्रै नेपालमा भारतको एकाधिकार तोड्दै प्रधानमन्त्री ओलीले चीनसँग पारबहन लगायत १० वटा विषयमा सम्झौता गरेका थिए ।
Loading...
Social Buttons