Latest News

मेरो ज्वाई गगन थापाका कारण म तनावमा परे !!!

????????????????????????????????????अर्जुननरसिंह केसी गगन थापा देश, पार्टी र मेरो भरोशाका ब्यक्ति हुन् । तर मसँगै एउटै पदमा चुनाव लड्ने कुराले मलाई तनाव दिएको छ । मैले उहाँसँग धेरै पटक सम्वाद पनि गरेको थिएँ । दुई प्यानल मध्ये जुन प्यानलबाट भएपनि तपाई महामन्त्रीको उम्मेद्धार भए म पछि हटिदिन्छु सार्वजनिकरुपमा भनेकै कुरा हो । तर अहिले बन्दै गरेको तेस्रो खेमाबाट उहाँ महामन्त्रीका लागि चुनावी मैदानमा आउने कुरा मैले सुनेको छु । मसँग त त्यस्तो कुरा केही भएको छैन, तर तेस्रो खेमाबाट महाममन्त्रीमा आउने कुरा उहाँका लागि घातक हुन्छ भन्ने मेरो बुझाई छ । जुन ठाउँमा उहाँ अगाडी बढ्न खोज्नु भएको छ त्यसबाट देश, पार्टी, मेरो उहाँ कसैको भलो हुने छैन । यो नितान्त पारिवारिक समस्या भएका कारण धेरै बोल्न म आवश्यक ठान्दिँन । तर म महामन्त्री पदबाट पछि हट्ने कुरै आउँदैन । 
विश्वका धेरै यस्ता उदाहरणहरु पनि छन्, बाबु छोरा, श्रीमान र श्रीमतिकाबीचमा पनि प्रतिस्पर्धा भएका छन् । मेरो चित्त दुखाई एउटा मात्र छ, जुन खेमाबाट उहाँ चुनाव लड्दै हुनुहुन्छ त्यो खेमाको बाटो साँधुरो र पार लाग्ने खाल्को छैन । त्यसले मलाई केही समस्या पार्ने अवस्था आउन सक्छ, तर पनि म मेरो ढंगा डुब्न दिने छैन । म नेपाली कांग्रेसको केन्द्रीय समितिमा बिगत १८ बर्षदेखि छु । कतिपय बरिष्ठहरुले चुनाव हार्दै गर्दा मैले जितका उदाहरणहरु छन् । गिरिजाबाबुले मनोनित गरेका तीन बर्ष बाहेक सवै बेला मैले चुनाव जित्दै आएको छु । मैले १० औंदेखि १२ औसम्म निकै लोकप्रिय मत ल्याएर चुनाव जितेको छु । किनकी म नेपाली कांग्रेस नेतामुखी होइन, नीतिमुखी बनाउनु पर्छ, ब्यक्ति मुखी होइन संस्था मुखी बनाउनु पर्छ भन्ने मान्यता र सिद्धान्त राख्छु । त्यो सिद्धान्त नेपाली कांग्रेसका धेरै नेता कार्यकर्तालाई मन परेको छ । मेरो जितको पहिलो आधार त्यही हो । 
Loading...