Latest News

चलचित्र जिस्म युनिट प्रहरीको नियन्त्रणमा

काठमाडौ , ८ चैत्र । चलचित्र जिस्म निर्माण युनिटलाई प्रहरी नियन्त्रणमा लिएको छ । निर्माण ईजाजत बिनानै चलचित्र छायाँकन थालिएको निहुमा प्रहरीले सुटिङ स्पटबाटै नियन्त्रण लिएको हो । पोखराको रमणिय बाताबरणमा छायाँक भइरहेको चलचित्रलाई विकास वोर्डको इसारमा नियन्त्रण लिइएको हो । चलचित्र दर्ता बिनानै छायाँकन गरिएको भन्दै निर्देशक राजु गिरी सहित युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विकास वोर्डको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले निर्देशक सहित कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरु सहितको सम्पुर्ण युनिटलाई नियन्त्रणमा लिएको हो । चलचित्र युनिटलाई अहिले वडा प्रहरी कार्यालय राम्जामा राखिएको छ । बिनाकारण आफ्नो चलचित्र युनिटलाई प्रहरीले दःख दिएको निर्देशक राजु गिरीले बताए । ‘विकास वोर्ड अध्यक्ष राजकुमार राईको षडयन्त्रमा आफुहरुलाई प्रहरीले दःख दिएको हो ’ निर्देशक गिरीले भने ‘निर्माण ईजाजतको लागी भन्दै विकास वोर्डमा धाउदा बिभिन्न बहानामा ढिलाई गर्ने । अहिले बहाना बनाउने । यो सरासर गलत भयो ।’ दर्ताका लागी आफुले पैसा पनि बुझाई सकेको तर वोर्डले त्यसको कुनै उत्तर नदिएको भन्दै निर्देशक गिरीले राजकुमार राईले आफु माथी अन्यय गरेको भन्दै आक्रोस ब्यक्त गरे ।
उद्योगमा टाउके मानिने केहि व्याक्तिहरुको षडयन्त्रमा आफुलाई फसाउन खोजिएकाचे आरोप गिरीले लगाए । यता बोड अध्यक्ष राइले खुलेआम पोर्न स्टार बन्छु भन्दै हिँडेकी एक युवतीलाई कलाकार लिएर निर्माण हुन लागेको फिल्मलाई आफुहरुले निर्माणको ईजाजत नदिएको बताए । बोर्डको नियम बिपरित छायाँकन गरेकोले प्रहरी लगाएर रोकेको बताए ।
hqdefault
पोर्न स्टार लिएर चलचित्र बनाउन लागेको भरमा बोर्डले हस्तक्षेप गर्न नमिल्ने बताए ’ गिरीले थपे ‘अर्चना त पोर्नस्टार बन्छु भन्ने मात्र हो ।’ चलचित्र युनिटलाई समातेर बोर्ड अध्यक्ष राइले ब्याक्तीगत दुस्मती साध्न खोजेको गिरीले खुलाए ।वोर्डको अनुमति बिना फिल्म छायाँकन गर्ने युनिटलाई नियन्त्रणमा लिन सक्ने तथा सुटिङमा प्रयोग भएका सबै सामान जफत सम्म गर्न सकिने प्रावधान विकास वोर्डमा रहेको बताईएको छ ।
तर प्रावधान यो हँुदा हँुदै पनि कतिपय चलचित्रले निर्माण पछिमात्र इजाजत लिएका छन् । ति सबै हेरेर बोडले आफ्नो चलचित्र निर्माण इजाजत भन्दा पनि अन्य कारणले रोकेको हुनसक्ने गिरीले अुनमान लगाए । अर्चनालाई लिएर चलचित्र बनाउन असफल धेरै चलचिकर्मीको डाहाले आफुलाई अहिले सताएको गिरीको भनाईछ । चलचित्र युनिटलाई वडा प्रहरी कार्यालय राम्जाले माथिको आदेश भन्दै कार्यलय परिसरमा राखेको छ । जिल्ला प्रहरी कास्कीका उच्च अधिकृतको रोबरमा यो सम्बधित छिनोफानो हुने बताइएको छ ।
Loading...