Latest News

यौन कार्यमा संलग्न ४ नेपाली युवती मलेसियामा पक्राउ>>

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3SgPhES_ThOBnz_pRZJMrg1TScj05z0rlMP3vst1upBm_Lz0Kze7N7HXAEsPvg5CvY-MsYx_El4W7L_8s8-FeZbAiCj7-9Yjk7n_56oI9H4XPFwn5jeLZ3R9-79HuzK-dPt5KWUPu5Mh6/s1600/nepalese+in+malaysia.JPG
काठमाडौं । यौन व्यवसायमा संलग्न भएको आरोपमा मलेसियामा ४ जना नेपाली महिला पक्राउ परेका छन् । मलेसियन प्रहरीले एक मनोरञ्जन केन्द्र (आउटलेट)मा छापा मारेर ६ बंगलादेशी र ४ जना नेपाली महिलालाई पक्राउ गरेको हो । 

पेनाङको जलान सुल्तान एहेमदको मनोरञ्जन केन्द्रमा गेष्ट रिलेसन अफिसरका रुपमा काम गरिरहेका ४ नेपाली महिला पक्राउ परेका हुन् । देह ब्यापारको आरोपमा पक्राउ परेकाहरु २३ देखि ३० वर्ष उमेर समूहका रहेको मलेसियाको दस्टार अनलाइनले जनाएको छ । उनीहरु सबै गैह्र-कानुनी कामदार भएको समाचारमा उल्लेख छ । 

शुक्रबार राति प्रहरीले चलाएको अपरेसनमा मनोरञ्जन आउटलेटका म्यानेजर पनि पक्राउ परेका छन् । उनी ३८ वर्षीय बंगलादेशी नागरिक हुन् । मलेसियन नागरिकको नाममा रहेको केन्द्र भाडामा लिएर उनले त्यहाँ यौन ब्यवसाय चलाएका थिए । 

त्यहाँ गेष्ट रिलेसन अफिसरको रुपमा कार्यरत सबै महिलालाई देहब्यापारमा लगाइएको प्रहरीको आशंका छ । मलेसियामा विभिन्न कामका लागि पुगेका धेरै महिला अवैधानिक भएपछि यस्तो व्यवसायमा संलग्न हुने गरेको पाइएको छ । 

राम्रो कमाइ हुने प्रलोभनमा नेपाली महिला पनि यस्तो व्यवसामा यफस्ने गरेका छन् । प्रायः महिलालाई गेष्ट रिलेसन अफिसरका रुपमा राखेर यौन व्यवसायमा संलग्न गराउने गरेको पाइन्छ । एजेन्सी ।

Loading...