Latest News

काठमाडौं आइपुग्यो नेपाली फुटबल टोली, विमानस्थलमा भव्य स्वागत (फोटो फिचर)

football-jhapa काठमाडौं, ५ फागुन । बाह्रौ दक्षिण एसियाली खेलकुद (साग) फुटबल बिजेता नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ ।
भद्रपुर विमानस्थल हुँदै फुटबल टोली पौने ५ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो । भारतलाई उसकै मैदानमा हराउँदै २३ वर्षपछि फुटबलमा उपाधि जितेर घर फर्किएको टोलीलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
विमानस्थलका कर्मचारी जहाजमै गरेर खेलाडीहरुको स्वागत गरेका छन् । खेलाडीसँग माया साटासाट गर्न हजारौं फ्यान विमानस्थल पुगेका छन् ।
नेपाली सेनाको व्याण्डबाजासहित उसकै गाडीमा राखेर उनीहरुलाई नगर परिक्रमा गराइँदैछ ।
football
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विमानस्थलबाट सुरु हुने विजय जुलुस तिलगंगा चोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ ।
पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमलहुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर समापन हुनेछ ।
Nepali-football-team-welcome-7

Loading...