Latest News

सहबासबाट हुने चार फाइदा यीनै हुन् !!! जानीराखौ

लन्डन । यौन सम्पर्कलाई अब शारीरिक सुखका रुपमा लिन छाडिएको छ । वैज्ञानिकहरुका अनुसार यौन सम्पर्क शारीरिक आवश्यकता बन्दै गएको छ । दैनिक यौनसम्पर्कबाट मानिसलाई शारीरिक रुपमा विभिन्न चार फाइदा हुने वैज्ञानिकहरुले गरेको अध्ययनको निश्कर्ष छ ।
यौन सम्पर्कलाई शारीरिक ब्यायामको एउटा राम्रो उदाहरणका रुपमा व्याख्या गरिएको छ । यौन सम्पर्कका क्रममा मानिसको शरीरमा त्यत्तिकै मात्रामा क्रियात्मक परिवर्तन हुन्छ, जति कुनै अन्य प्रकारको शारीरिक व्यायाम गर्दा हुन्छ । सातामा तीनपटक यौन सम्पर्क गर्नुलाई वैज्ञानिकहरुले एक वर्षको गणनामा ७५ माइल जोगिङ्ग गर्नुसरह मानेका छन् ।
यौन सम्पर्कबाट हड्डी र मांसपेशी बलियो हुने बताइन्छ । यौन सम्पर्कको दोस्रो फाइदा हो, शारीरिक दुखाइबाट मुक्ति । टाउको दुख्ने, हातखुट्टा दुख्ने तथा विभिन्न अंग दुख्ने समस्या छ र तपाई त्यही दुखाइका कारण यौन सम्पर्कबाट टाढिन खोज्दै हुनुहुन्छ भने तपाई ठूलो गल्ती गर्दै हुनुहुन्छ । किनकी यौन सम्पर्कले त्यस्ता दुखाइ कम गर्न मद्दत गर्दछ । यौन सम्पर्कका क्रममा महिल र पुरुषको शरीरमा इन्डरफिन नामक हार्मोन पैदा हुन्छ, जसले पेन किलरको काम गर्दछ । यस अतिरिक्त नियमित यौन सम्पर्कले महिलामा प्रजनन् क्षमता बढाउने वैज्ञानिकहरुले जनाएका छन् ।
त्यसैगरी यौन सम्पर्कको तेस्रो फाइदाका रुपमा प्रोस्टेट ग्रन्थीको सुरक्षालाई लिइएको छ । यौन सम्पर्कका क्रममा शारीरिक द्रव्य बाहिर निस्कने र त्यसले प्रोस्टेट ग्रन्थीलाई सुरक्षा मिल्ने बताइन्छ । यौन सम्पर्कको चौथो फाइदा हो– तनावबाट मुक्ति । यौन सम्पर्कका क्रममा शरीरमा डोपामाइन नामक एक पदार्थ उत्पन्न हुन्छ, जसले स्ट्रेस हार्मोनसँग लड्न मद्दत गर्दछ ।
त्यसैगरी इन्डोरफिन र अक्सिटक्सिनको निर्माणबाट पनि मानिसलाई तनावबाट मुक्ति हुन्छ, जो यौन सम्पर्कका क्रममा प्राप्त हुन्छ । एजेन्सीको सहयोगमा
Loading...