Latest News

केटो भन्दा पनि उसको धन ताकेर घरजम गर्ने नेपाली नायिकाहरु !!!

काठमाण्डु, २२ माघ– उमेर पुगेपछि विवाह गर्नु स्वभाविक हो तर नेपाली नायिकाहरूले श्रीमानका रूपमा रोजेका अधिकांश पुरुष धनाढ्यका साथै गैरआवासीय नेपाली हुनु भने संयोग मात्र होइन । पछिल्ला केही वर्षयता अधिकांशले विदेशमा व्यवसाय गरेर बसिरहेका पुरुषलाई श्रीमान् बनाउने परम्परा बढिरहेको छ । यी नेपाली नायिकाहरूले धनाढ्य र गैरआवासीय श्रीमान् रोजेका छन्ः
bipanaअभिनेत्री करिश्मा मानन्धरले श्रीमान् विनोद मानन्धरलाई पहिलो पटक बेलायतमा भेटेकी हुन् । बेलायतमा व्यवसायीका रूपमा सक्रिय विनोद मानन्धरले बेलायतमै चलचित्र ‘कस्तूरी’ को छायांकन गर्ने निर्णय गरे । उक्त चलचित्रकी थिइन्–करिश्मा केसी । वैवाहिक जीवनको दुई दशक पूरा भैसक्दा करिश्मा र विनोद काठमाण्डुमै स्थायी बसोबास गरिरहेका छन् । करिश्माले विनोदलाई श्रीमान् बनाउने निर्णय गर्दा विनोद गैरआवासीय नेपालीका रूपमा चिनिन्थे ।
त्यस्तै, चलचित्र ‘झोला’ बाट लोकप्रियताको शिखर चुम्न सफल अभिनेत्री गरिमा पन्तले भने अलि पृथक शैलीमा विवाह गरिन् । लामो समयदेखि स्वदेशमा नरहेकी गरिमाले दुई साताअघि मात्र बेल्जियममा रेस्टुँरा व्यवसाय गरेर बसिरहेका हरि शर्मा थपलियासँग विवाह गरेको सार्वजनिक भयो ।
नायिका तथा मोडल सिम्पल खनालले पनि विदेशमै बसोबास गर्ने व्यक्तिलाई श्रीमान् बनाएकी छिन् । सिम्पलका श्रीमान नदिन भारतीय मूलका व्यवसायी हुन् जो बेलायतमा बसोबास गर्छन् ।
Jharana-Bajracharya-Wedding-nepali-tradition--609x360केही महिनाअघि नायिका तथा मोडल रीमा विश्वकर्माले पनि विवाह गरिन् । रीमाले पनि श्रीमान्का रूपमा एनआरएनलाई नै रोजिन् । बेलायतमा बसोबास गर्ने रोबर्ट ल्वागुनलाई रीमाले जीवनसाथीका रूपमा रोजेकी हुन् ।
केही वर्षअघि नायिकारेजिना उप्रेतीले बेलायतमा चिनजान भएका सुरज पोखरेलसँग लगनगाँठो कसिन् । हर्षिकाले भारतीय व्यवसायी प्रसुन झुन्झुनवालासँग लगनगाँठो कसिन् । प्रसुन कोलकताका स्थायी वासिन्दा हुन् ।
jal-shah-3पुराना नायिकाहरूमध्ये बिपना थापाले पनि भारतीय युवक आशुतोष भारद्वाजलाई श्रीमान् बनाएकी छिन् । कृष्टि मैनाली पनि विवाह गरेर अमेरिकामै छिन् । जल शाहले अमेरिकामा बसोबास गर्ने शरदकुमार रिमालसँग लगनगाँठो कसेकी हुन् । सारंगा श्रेष्ठले विदेशी नागरिकसँग वैवाहिक जीवन प्रारम्भ गर्दै अमेरिकाको यात्रा तय गरेकी थिइन् । युना उप्रेती पनि अमेरिकामै बसोबास गर्ने नेपाली युवासँग विवाह गरेर उतै बसोबास गरिरहेकी छिन् ।
सुरज चन्दसँग डिभोर्स गरेर अमेरिका पुगेकी पूजा चन्दले त्यहाँ अर्का नेपालीसँग विवाह गरेकी छिन् । त्यस्तै, पूर्व मिस नेपाल तथा नायिका झरना बज्राचार्य पनि भारतीय मूलका मलेसियाली व्यापारी राहुल अग्रवालसँग वैवाहिक जीवन बिताइरहेकी छिन् । साप्ताहिकबाट
Loading...