Loading...
क्वालालम्पुर, १८ माघ । मलेसिया सरकारले बिदेशी कामदारबाट उठाउंदै आएको लेबी शुल्क बृद्धि गरेको छ । यसको मार यहाँ काम गर्ने नेपालीसहित ८ मुलुकका लाखौ कामदारलाई परेको छ ।
मलेसियाले लेबिलाई २ प्रकारले बर्गीकरण गरेको छ । लेबी सम्बन्धि प्राबधान मलेसियन नागरिकको हकमा भने लागु नहुने उपप्रधानमन्त्री दातुक श्री अहमद जाहीद हामिदीले बताए ।
नेपाली कामदारको हकमा विनिर्माण, निर्माण र सेवा अन्तर्गत अब हरेक बर्ष प्रतिब्यक्ति २५ सय आरएम लेबिसहित अन्य केहि अतिरिक्त शुल्क गरि २७ सय ५ आरएम तय भएको छ ।
यसैगरि कृषि र बृक्षारोपण अन्तर्गगतका नेपाली कामदारले बार्षिक १५ सय आरएम लेबी र अन्य अतिरिक्त शुल्क सहित १७ सय ५ आरएम तिर्नुपर्नेछ । होस्टेलको लागि कम्पनीहरुले यसअघि जस्तै अलग्गै शुल्क अशुल्ने छन् ।

बढाइएको लेबी (तालिकामा)
होस्टल शुल्क ५० आरएम भनेर सरकारले नै तोकिदिएको छ । कतिपय कम्पनिले बिजुली पानिको शुल्क नलिए पनि अधिकांश कम्पनिले त्यसको पनि छुट्टै शुल्क असुल्ने गर्दछन् ।
बृद्धि भएको लेबि यसअघि तिर्दै आएको लेबिसंग तुलना गर्दा दोब्बर भन्दा पनि बढी हुन आउछ । शुल्क फेब्रुवरी १ अर्थात आजैदेखि लागु गरिएको यहाँका उपप्रधानमन्त्री हामिदीले घोषणा गरे ।
मलेसियाले आगामी जुलाई देखि लागु हुने गरि १ हजार वेशीक बनाउंदै छ । अहिले ९ सय वेसिकमा लाखौ नेपालीले यहां काम गरिरहेका छन् । तलब बढ्नु भन्दा पहिले लेबि बढाईएको हो । बृद्धि गरिएको लेबि शुल्कबाट राज्यलाई बार्षिक २ दशमलव ५ अरब डलर मुनाफा हुने उपप्रधानमन्त्री हामिदीले बताए ।
मलेसियामा २१ लाख ३५ हजार बैधानिक कामदार रहेको यहाँको सरकारी सञ्चार माध्यम बर्नामाले खबर छापेको छ । मलेसियामा ८ हजार नेपाली कामदार रहेका छन्
Loading...
Social Buttons